गृहमन्त्रीले बागी उम्मेदवारसँग डिल गरेको विषय आयोगको ‘नोटिसमा’
गृहमन्त्री बालकृष्ण खाँण बागी उम्मेदवारलाई फकाउन आज बिहानै चितवन पुगे। भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडललाई फकाउन गृहमन्त्री खाँण चितवन पुगेका हुन्। यसरी उम्मेदवारी दिएको व्यक्तिलाई बहालवाला मन्त्री नै फकाउन पुगेको विषयमा निर्वाचन आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त विषय आयोगको नोटिसमा रहेको […]