विधि मिचेर आईजीपी : विवाद फेरि अदालततर्फ
नेपाल प्रहरीमा ज्येष्ठता र वरीयता मिचेर धीरजप्रताप सिंहलाई महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि सरकार अर्को विवादमा परेको छ । विधि मिचेर कनिष्ठलाई आईजीपी बनाइएको र आफूहरूमाथि अन्याय भएको भन्दै दुई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सर्वोच्च अदालत जाने भएका छन् । प्रहरीमा ज्येष्ठता र वरीयताका आधारमा बढुवा गर्ने विधि छ । कुनै पनि पदमा पहिल्यै पुगेकाहरू अरूभन्दा ज्येष्ठ हुन्छन् […]