काठमाडाैँ महानगरकाे उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगाेलविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा उजुरी परेकाे छ।
शैक्षिक प्रमाणपत्र ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई ५ वर्षको तलबभत्ता लिएर भ्रष्टाचार गरेको भन्दै १६ वैशाखमा कारबाही गरीपाऊँ भन्दै उजुरी दर्ता भएको हाे।
अख्तियारमा उक्त उजुरीको दर्ता नम्बर सी-०३२५३१, ०७९-०१-१६, १५२६२३८५ रहेकाे छ।


Published Date : २० बैशाख २०७९, मंगलवार