त्रिनपा मेयरमा स्वच्छ छबी भएका हरि बहादुर राउतको उम्मेदवारी, यस्तो छ चुनाबी घोषणा पत्र

देशैभर स्थानीय निर्वाचनको गर्मी बढिरहेको यो समयमा ठुला दल र चर्चा बटुलेका उम्मेद्वार मात्र नभएर अबको आशा साना दल र स्वतन्त्र तर वास्तविक रुपमा काम गर्ने नेता चुन्ने चेतना जनतामा आउदै गरेको दखिन्छ । यसको एक उदाहरण हो उदयपुर जिल्लाको त्रियुगा न.पा. । जहाँ राष्ट्रिय प्रजातन्त्र पार्टिबाट हरि वहादुर राउतको मेयरमा भएको उम्मेदवारी विशेष चर्चामा छ ।
स्वच्छ छवी , समाज प्रति जिम्मेवार र अनुभवी राउतको उम्मेद्वारी समृद्ध र विकसित त्रियुगा निर्माणको यात्रा तर्फ उम्मुख रहेको विश्लेषण हुन थालेकोे छ । उहाँहरुको प्रतिज्ञा पत्रमा भ्रष्टचार निर्मुल पार्ने , आफ्नै तलब काटेर वृद्घभत्ता बढाउने , धर्म संस्कृतिको उचित कदर र संरक्षण गर्ने , भूमिहिनलाई लालपूर्जा उपलब्ध गराउने , बाढि तथा कटानका समस्या समाधान गर्ने , कृषिलाई औद्योगिकरण गर्ने , पर्यटन प्रवर्धन गर्ने कुनै कमि नगर्ने , आवश्यक ठाउँमा बाटोघाटो , पुल , लगाएत निर्माणमा लागिपर्ने , शिक्षा स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्ने लगायत बुँदा छन् , जुन दुरदर्शी र समय सापेक्ष रहेको देखिन्छ ।
रा.प्र.पा. को देशैभरि बढ्दो प्रभाव र युवाहरुको आकर्षण देख्दा त्रियुगा न.पा. मा पनि निकै आशा पलाएको र नगरको वास्तविक विकास गर्ने आफ्नो प्रयासमा जनताले विश्वास गरेर पक्कै पनि बिजयी गराउने आशा रहेको राउतले बताउनुभयो ।
