बाराको महागढीमाई नगरपालिकामा नेकपाकाे घरदैलो कार्यक्रम सम्पन्न !

बाराको महागढीमाई नगरपालिकामा आफ्ना पार्टीका उम्मेदवारहरुलाई जिताउन नेकपाकाे पार्टीका नेताहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । महागढीमाई नगरपालिकाको वार्ड न. ८ मा नेकपाकाे गाउँपालिका समितिले घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।
महागढीमाई नगरपालिकामा पार्टीको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका राजाबाबु साह,उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी पुष्पान्जली देबी सहित वडा अध्यक्षमा उम्मेदवार सहित पार्टीका नेताहरुको उपस्थिती रहेको थियो । घरदैलो कार्यक्रममा वार्ड न. ८ वासीले बिगतमा गाउँपालिकाले शिक्षा,स्वास्थ्य,कृषि एवं पुर्वधार विकासमा खासै ध्यान नदिएको गुनासो गरेको घरदैलोमा सहभागी एक नेताले बताए ।
जनताहरुको प्रश्नको जवाफ दिदै नेताहरुले अब आउँने चुनावमा जनताको पक्षमा काम गर्न नेकपालाइ अभिमत दिनु पर्ने अनुरोध गरेका थिए ।
Published Date : १८ बैशाख २०७९, आईतवार