४ आश्विन २०८०, बिहीबार
  • Himalay Online Media १८ बैशाख २०७९, आईतवार

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई देश र जनताको सेवाका निम्तिभन्दा पनि व्यवसाय बनाइएकाले पद र अवसरका निम्ति हारालुछ भएको टिप्पणी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “अहिले राजनीतिमा सिद्धान्त र नैतिकताले काम गर्दैन । देश र जनताको सेवाका निम्ति भएको भए पो एकता हुन्थ्यो । सबैले व्यापार, व्यवसाय ठानेकाले पद र अवसरका लागि हारालुछ छ । कोही मान्छे आफ्नो इतिश्री हालेर किन चुनाव लड्छ भने भोलि साउँ ब्याज सबै उठाउन पाइन्छ भन्ने सोचेको हुन्छ । हरेक पार्टीभित्र पद कसरी प्राप्त गर्ने, आफ्ना मानिसलाई कसरी अवसर दिने भन्ने होडबाजी छ । त्यसैले हरेक पार्टीम कचिंगल भइरहेको छ । आफ्नो मान्छे बनाउने र चुनावमा कमाउने प्रवृत्ति नहटेसम्म देश बनाउन गाह्रो छ ।”
उनले गठबन्धनभित्र समस्या भए पनि आफ्नो पार्टीले इमानदारीपूर्वक पालना गरेको दाबी गरे । केसीले थपे, “गठबन्धन कसैसँग बदला लिन होइन, संविधान र लोकतन्त्र बचाउन भएको हो । त्यसैले राजमोले गठबन्धनको इमानदारीपूर्वक पूरै लागू गरेको छ । हामीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छौं । कांग्रेसभित्र समस्या देखिएको छ । धेरैले स्वतन्त्र उम्मेदवारले दिएका छन् । कांग्रेस होइन भनेपछि त मिलाउन पनि अप्ठ्यारो हुन्छ । प्रतिगमनकारी शक्तिले सत्तोसराप गरिरहेको छ । त्यसैले गठबन्धनको प्रभाव पर्न पनि सक्छ, नपर्न पनि सक्छ ।”
राजमो अध्यक्ष केसीले संघीयताका नाममा ऋण गरेर घिउ खाने प्रवृत्तिले मुलुक टाट पल्टिने पनि बताए । उनले भने, “संघीयताको खारेजी हाम्रो मिसन हो । अहिले ऋण गरेर घिउ पिउने काम भएको छ । यही कारण देश श्रीलंका टाट पल्टिने अवस्था छ । संघीयताका कारण देश असफल हुने खतरा देखिएको छ । यसलाई बेलैमा मनन गरौं ।”

Published Date : १८ बैशाख २०७९, आईतवार

फेसबुक प्रतिक्रियाहरु