४ आश्विन २०८०, बिहीबार
  • Himalay Online Media ९ बैशाख २०७९, शुक्रबार

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जनता समाजवादी पार्टी गोकर्णेश्वरबाट छाता चिन्ह लिएर उम्मेद्वारहरु छनौट भईसकेको जनता समाजवादी पार्टी गोकर्णेश्वरले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिकाका मेयर पदका लागि गोकर्णेश्वर नगरपालिकाका दिग्गज, सामाजिक व्यक्तित्व तथा गोकर्णेश्वर नगरपालिका नगर कमिटि अध्यक्ष मान बहादुर लामा सर्बसहमत उम्मेदवार सिफारिस हुनु भएको छ भने उप-मेयरका लागि युवा नेत्री सुशिला लामा तथा जिल्ला कमिटि सदस्य कल्पना सिग्देलको नाम सिफारिस गरिएको छ ।

मान बहादुर लामा, मेयर प्रत्यासी

कल्पना सिग्देल, उपमेयर

वडा-अध्यक्षका लागि वडा नं १ बाट जनक घिमिरे, वडा नं २ बाट श्री कृष्ण तामांग, वडा नं ५ बाट बिक्रम पौडेल, वडा नं ६ बाट जित बहादुर लामा एवं चन्द्र गिरी, वडा नं ७ बाट राजकुमार कोईराला, र वडा नं ८ बाट फुर्गेल शेर्पाको नाम सर्बसहमत सिफारिस गरिएको हो । त्यस्तै वडा सदस्यका लागि रेणु बिक, शर्मिला बिक, कुल बहादुर पौडेल लागायतका व्यक्तिहरु चुनाबी प्रतिस्पर्धामा उत्रिदै छन् ।

फुर्गेल शेर्पा वडा-नं ८

चन्द्र गिरि वडा-नं ८

घनेन्द्र लिम्बु, टेक लिम्बु वडा नं ७

पछिल्लो समय बलियो संगठन र जनाधार निर्माण गर्न सफल भएकोले कुनै पनि पार्टी संग गठबन्धन गर्दाको अवस्थामा जसपाको निर्णायक मतले चुनाबी नतिजालाई फरक पार्ने जिकिर मेयर प्रत्यासी मान बहादुर लामाले गर्नु भयो । जनता समाजवादी पार्टी छाता चिन्ह लिएर निर्बाचनमा सहभागी हुदैछन ।

Published Date : ९ बैशाख २०७९, शुक्रबार

फेसबुक प्रतिक्रियाहरु