ललितपुर महानगरले कोरोना संक्रमणले मृत्यु भएका परिवारलाई एक लाख दिने।

Share

काठमाडौं

ललितपुर महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणले मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ सहयोग दिने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकाले यस्तो निर्णय गरेको जानकारी दिएका हुन् ।

मेयर महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बासिन्दाको कोरोना उपचारका क्रममा निधन भएमा मृतकको परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

सँगै महानगरले आईसीयू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकालाई जनही ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोरोना जितेकालाई जनही २५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

सहयोग लिनका निम्ति आवश्यक कागजपत्र भने आवश्यक पर्ने मेयर महर्जनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.