उपत्यकामा जेठ ३१ सम्म निषेधाज्ञा थपियाे। 

Share

काठमाडौं। 

उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले जेठ २१ गतेदेखि जेठ ३१ गतेसम्म १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

वैशाख १६ बाट जारी  निषेधाज्ञालाई निरन्तरता दिँदै जेठ १४ बाट सो आदेशलाई थप कडा पारिएको थियो । जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरिएको छ।  बैठकमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली,भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी थिए ।

निषेधाज्ञाको समय थपिए पनि यसको मोडालिटी परिवर्तन भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान ९ बजेसम्म खुल्ने दिने निर्णाय गरेको हो।

यसअघि उपत्यकामा थपिएको एक साता लामो निषेधाज्ञा बिहीबार राति मध्यरातमा सकिँदै छ। सीडीओ कार्यालयले यसअघि खाद्यान्न पसलसमेत बन्द गर्ने निर्णय गरेको थियो।

प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने गरी मोडालिटी तयार गरेको छ।

अब स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान ९ बजेसम्म वर्कशप सञ्चालन गर्न पाइने छ। उद्योगले कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न सक्नेछन्। आवासीय प्रबन्ध मिलाएमा सञ्चालनका लागि प्रशासनले सहजिकरण गर्ने भएको हो।

 

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.