संसद् विघटनविरुद्धका रिटमाथि वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन हुने।

Share

काठमाडौं।

संसद् विघटनविरुद्धका रिटमाथि यही जेठ २३ गते सुनुवाइ हुने भएको छ । संवैधानिक इजलास गठनसम्बन्धी विवाद भएपछि नयाँ इजलास गठन गरी २३ गतेका लागि सुनुवाइको पेशी तोकिएको हो ।

संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि संसद विघटनविरुद्ध रिट दिने निवेदकका कानून व्यवसायीले प्रश्न उठाएपछि प्रधानन्यायाधीश जबरा र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुबीच मंगलबार छलफल भएको थियो । त्यसक्रममा संवैधानिक इजलाससम्बन्धी नियममै परिर्वतन गरेर वरिष्ठताका आधारमा बेञ्च गठन गर्ने व्यवस्था गर्न प्रधानन्यायाधीश सहमत भएका हुन् ।

संसद विघटनसम्बन्धी रिटको सुनुवाइका लागि गठित संवैधानिक इजलासबाट न्यायाधीशद्वय दीपक कार्की र आनन्द मोहन भट्टराई नबस्ने निर्णय गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको नेतृत्वमा गठित संवैधानिक इजलासका सदस्य न्यायाधीशद्वय कार्की र भट्टराईमाथि प्रश्न उठेपछि यस्तो निर्णय लिएका हुन्।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.