उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी। 

Share

काठमाडौं। 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्नेबारे तयारी भइरहेको छ। यसका लागि उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरुबीच मंगलबार दिउँसो छलफल हुने भएको छ।

पछिल्लो समय कोरोना संक्रमण दरमा केही कमी आएपछि जारी निषेधाज्ञालाई खुकुलो पार्न सकिनेबारे छलफल हुन लागेको हो। यसअघि उपत्यकामा थपिएको एक साता निषेधाज्ञा जेठ २० गते सकिदैछ।

उक्त निषेधाज्ञामा भने खाद्यान्न पसल समेत बन्द गर्ने निर्णय गरिएको थियो।  मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले एक साता निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको छ । अघिल्लो साता बन्द गरिएका खाद्यान्न र किराना पसललाई खोल्न दिने पनि भनेको छ ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.