फ्रान्सका पूर्वराष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा जेल।

Share

काठमाडौं ।

फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि सन् २०१४ मा पदमुक्त भएपछि न्यायाधीशलाई घुस दिएर प्रभावित पार्न खोजेको आरोप लागेको थियो ।

निकोलास सार्कोजी जेल सजाय पाउने पहिलो पूर्व राष्ट्रपति हुन् । सन् २०१४ मा सार्कोजीले न्यायाधीशलाई गरेको फोन प्रहरीले ट्याप गरेसँगै यो मुद्दा चर्चामा थियो ।

सार्कोजीमाथि फ्रान्समा सन् २०१२ को निर्वाचन प्रचार अभियानमा सीमाभन्दा धेरै रकम खर्च गरेको र सन् २००७ को निर्वाचन प्रचारको लागि लिबियाका तत्कालीन शासक मुआमार गद्दाफीबाट पैसा लिएको विषयमा पनि अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.