बेलायतमा कोरोनाबाट पछिल्लो २४ घन्टामा एक हजार बढीको मृत्यु ।

Share

लन्डन  ।

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या गत वर्ष अप्रिलयताकै उच्च भएको छ । पछिल्लो २४ घन्टामा एक हजार १६२ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ हजार ५०८ पुगेको छ । मृतक संख्याको आधारमा बेलायत आजबाट विश्वमा पाँचौं स्थानमा रहेको छ । यसअघि बेलायत युरोपियन मुलुक इटालीभन्दा पछाडी रहँदै आएको थियो ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.