प्रचण्ड–माधव नेपाल अध्यक्ष रहेको नेकपा नै आधिकारिक पार्टी: योगेश भट्टराई

Share

रासस:

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपालका समूहका नेता एवं पूर्व मन्त्री योगेश भट्टराईले निर्वाचित प्रतिनिधिको थलो प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वासमा आफूहरु रहेको बताएका छन् । नेकपा निकट जनवर्गीय सङ्गठनको जिल्लास्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै उनले सम्मानित सर्वोच्च अदालतले विघटित संसद् पुनःस्थापना गर्ने बताए ।

नेता भट्टराईले प्रचण्ड–माधव नेपाल अध्यक्ष रहेको नेकपा नै आधिकारिक पार्टी रहेकाले सूर्य चुनाव चिह्न पनि यही पार्टीको हुने दावी गरे ।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले प्रधामन्त्रीले अन्तै बाटो लिएपछि आफ्नो पार्टी जनताको परिर्वतन र समृद्धिका लागि नयाँ सङ्कल्पसहित जनतामाझ आएको बताए ।

उनले भने, “हामीले सुशासन र समृद्धि भनेका थियौँ, स्थायित्वका साथ समाजवादको यात्रामा अघि बढेका थियौँ तर अहिले बाध्यताबस नयाँ बाटो हिँड्न बाध्य छौँ । जनताको सपना पूरा गर्न निरन्तर लागि रहन्छौँ ।”

नेता पौडेलले प्रधानमन्त्रीलाई काम गर्न पार्टीमा कुनै अवरोध र घेराबन्दी नभएको दाबी गरे ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.