काठमाडौं ।
प्रम ओलीको असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । शान्तिबाटिकाबाट शुरू भएको र्यालीमा शीर्ष नेताहरु बाबुराम भट्टराई,उपेन्द्र यादव, राजेन्द्र महतो,राजेन्द्र श्रेष्ठ, हिसिला यमी,गंगा श्रेष्ठ,नवराज सुवेदी लगायतको सहभागिता छन।
जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई भष्मासुरको संज्ञा दिँदै असारमै ठेगान नलगाउँदा अहिलेको संकट आएको बताएका छन् । आइतबार पार्टीले काठमाडौंमा गरेको विरोध प्रर्दशनका क्रममा बोल्दै उनले प्रचण्ड माधव नेपालले ओलीलाई असारमै ठेगान नलगाउँदा अहिले सडकमा बस्नुपरेको उल्लेख गरे ।
असारमै ठेगाउन लगाउनुस् भन्यौँ तर उहाँहरुले मान्नुभएन् । अहिले उहाँहरु सडकमा बस्न आइपुग्नुभएको छ ।