धादिङमा एकै दिन पाँच अस्पतालको शिलान्यास ।

Share

धादिङ ।

जिल्लाका पाँच स्वास्थ्य संस्थाहरुको आज शिलान्यास भएको छ । त्रिपुरासुन्दरी, गल्छी, ज्वालामुखी, ज्वालामुखी र बेनिघाटरोराङ गाउँपालिकामा अस्पतालको शिलान्यासपछि स्थानीयवासी हर्षित भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारका सङ्घीय सांसद खेम लोहनीले एक कार्यक्रमबीच शिलान्यास गरे ।

गाउँपालिका अध्यक्ष शम्भु थापाले सरकारले रकम उपलब्ध गराएपछि गाउँपालिकाको समेत लागतमा अस्पताल निर्माण गर्न लागिएको बताए । यसैगरी गल्छी गाउँपालिकाको बैरेनीमा १० श्ययाको अस्पतालको आज पूर्व शिक्षामन्त्री गङ्गालाल तुलाधरले शिलान्यास गरेका छन् । सो अवसरमा गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ र उपाध्यक्ष राधा तिमल्सिनाले गाउँमै अस्पताल बनाउन सङ्घीय सरकारले गरेको सहयोगको उपयोग गर्दै स्थानीय सरकारले अस्पताल बनाउन लागेको बताएका छन् । यो भवनको रु १८ करोड ८७ लाखमा निर्माण सम्पन्न हुनेछ ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.