माधव अधिकारी, गायक दीपक तुम्बापो करीब २ दशक पछि नेपाली सांगीतिक छेत्रमा फर्किएका छन् ।
२०५८ सालमा रेकर्ड गरिएको गीतलाई डिजिटल युगको पहिलो गीतको रुपमा ‘सल्लेरी पाखामा’ लाइ आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेर गायक दीपक तुम्बापो पुनः संगीतमा फर्किएका हुन् ।
स्वर्गीय भिम दा तुम्बापोको शब्द र संगीत र विश्व अधिकारीको एरेन्ज रहेको ‘सल्लेरी पाखामा ‘ गीतको भिडियोमा दीपक तुम्बापो र मिस पुर्वान्चल मोनिका लिम्बुको अभिनय रहेको छ ।
नरेन मोक्तानको सिनेमाटोग्राफी र प्रदीप बस्नेतको सम्पादन रहेको भिडियोलाइ युवा निर्देशक देवजंग थापाले निर्देशन गरेका हुन् ।
नेपाली सांगीतिक क्षेत्रमा धेरै पहिला लागेको भए पनि बिभिन्न कारणले गर्दा सांगीतिक क्षेत्रलाई निरन्तरता दिन नसकिएको बताउदै गायक तुम्बापोले साथीहरुको सल्लाहमा पुनः गीत लिएर दर्शक माझ आएको बताए ।