खेलकुदको विकासमा लाग्नु नै मेरो संस्थाको लागि मेरो परिचय हो – मानविर लामा

Share

बनेपा । जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकको सपथ ग्रहण गर्न बाँकि रहेका सदस्यहरुको आज सोमबार औपचारीक कार्यक्रमकासाथ सपथ ग्रहण सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका सदस्यहरु सविन ताम्राकार र रितादेवी सिग्देलले सपथ ग्रहण गर्दै नियुक्ती पत्र प्राप्त गर्नुभएको थियो । समितिमा एक अध्यक्षसहित ५ जना रहने प्राबधान रहेको छ । जसमा अध्यक्ष मानवीर लामा र सदस्यहरु लनम सिंह तामाङ र दिर्ज वाईवाले फागुनमा नै पदभार लिईसक्नु भएको थियो ।


आजको कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष मानवीर लामाले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतीथि समितिका पुर्व अध्यक्ष तथा बनेपा नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष सचितानन्द के.सी. रहनुभएको थियो, विशेष अतीथिहरु पनौती नगरपालिका वडा नं. २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारी, एन.आर.एन. स्पोर्टस् एकेडेमिका सदस्य राजन खत्री, बागमती प्रदेश खेलकुद परिषद्का सदस्य धन कुमार मैनाली लगाएतको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा विभिन्न खेलसँग सम्बन्धित व्यक्तिहरु र प्रशिक्षकहरुको बाक्लो उपस्थिति र मनोजिज्ञासा समेत र¥यो । कार्यक्रमको सुरुवात पुर्व अध्यक्षद्धारा नव अध्यक्ष र पदाधिकारीहरुलाई खाता ओडाई भयो ।


कार्यक्रममा अध्यक्ष मानवीर लामाले विगतका दिनमा भएका कमीकमजोरीलाई कसरी सच्याउने भन्ने विषयमा आफुले योजना बनाईरहेको र आफ्नो ४ बर्षे कार्यकालमा काभ्रे जिल्लाको खेलकुदलाई विकास गर्दै खेलाडिलाई खेलेरै जीविकोपार्जन गर्न सक्ने प्ल्याटफर्मको विकास गर्ने बताउनु भयो । आगामी दिनमा खेल प्रशिक्षकहरुको मागअनुरुपको खेल मैदान, कर्भड हल, खेलमा आवश्यक सामाग्रीहरु अभाव हुन नदिने समेत प्रतिबद्धता अध्यक्ष लामाले गर्नुभएको छ । जिल्लाका खेलाडिकै हितमा लाग्नका निम्ती पाएको पद आफ्नो नीजि स्वार्थमा कहिल्यै प्रयोग नगर्ने र खेलाडिको मनोबल विकासमा अगाडि बढ्ने समेत अध्यक्ष लामाले बताउनु भयो ।
कार्यक्रममा विभिन्न खेलसँग सम्बन्धित व्यक्तिहरुले आफ्नो आफ्नो क्षेत्रको विकासको माग गर्नु भएको छ । नेपाल योग खेलकुद संघ, काभ्रे जिल्लाका अध्यक्ष पुर्नचन्द्र सिग्देलले योगलाई पनि खेलकुदसँगै विकास गर्न आवश्यक रहेको समेत जानकारी दिनु भयो । टेक्वान्डोका प्रशिक्षकले आफुहरुलाई खेल सामाग्रीको कमी भएकोले यस संस्थाले सहयोग गर्न पर्ने जिज्ञासा राख्नु भयो । बुद्धिचाल संघ काभ्रे जिल्लाका अध्यक्षले बुद्धिचाललाई पनि अन्य खेलजस्तै विकास गर्न आवश्यक भएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि सचितानन्द के.सी.ले आफुले आफ्नो कार्यकालमा सकिनेजती कार्य गरेको र आगामी दिनमा गर्ने कार्य अजै उतकृष्ट होस् भन्ने शुभकामना दिदै कार्यसमन्वयमा सधै साथ दिने प्रतिबद्धता जनाउनु भएको छ ।

 

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.