मृगौलारोगीलाई लिम्घा युवा समुहद्वारा आर्थिक सहयोग हस्तान्तरण ।

Share
आरपी सहयात्री,
युएई- गुल्मी जिल्ला सत्यवती गाउँपालिका- ४, साविकको लिम्घा गाविसका युवाहरूले आफ्नो गाउँका मृगौलारोगीलाई युएईबाट आर्थिक सहयोग गरेका छन् ।
सामान्य आर्थिक अवस्थाका शान्तिमान सिन्जालीका ३६ वर्सिय छोरा तिर्थ सिन्जाली मिर्गौलारोगबाट पीडित भएको र निजको दुबै मिर्गौला फर्नु पर्ने भएकोले सोही गाउँबाट युएई आएका मनकारी युवाहरूको समुहले २७ हजार २ सय २५ रुपैयाँ सहयोग गरेको अभियन्ता तथा लिम्घा युवा समुहका होम परियारले जानकारी दिएका छन् ।
उपचारमा ठुलो धनराशि लाग्ने हुदा सिन्जालीको लागि सानो सहयोग स्वरूप समुहका निरन्जन शाही र गिता ज्ञवालीको बिशेस पहलमा युएईमा कार्यरत लिम्घाबासीहरुले सहयोग रकम जुटाएर पठाएका हुन् । परदेशमा भए पनि आफ्नो गाउँघरको समस्यामा सहयोग गर्न पाउँदा गर्वको अनुभव भएको अभियन्ता निरन्जन शाहीले बताएका छन् ।
यो अभियानमा निरन्जन शाही, गिता ज्ञवाली, बिक्रम ज्ञवाली, गुन बहादुर परियार, तिलबिर खप्तरी, गोकर्ण /गङ्गा शाही, शेर बिक, मुना कोईराला, होम परियार, उषा थापा, निर्मला ज्ञवाली, सुमित्रा ज्ञवाली, छविलाल बिक, देबु बिक र बिष्णु शाहीले प्रत्यक्ष आर्थिक सहयोग गरेको अभियन्ता गीता ज्ञवालीले जानकारी दिएकी छन् ।
सहयोगी बिष्णु शाहीले आफै उपस्थिति भएर पीडितको बुवालाई उक्त रकम हस्तान्तरण गरेको र अन्य सहयोगी दाताहरुबाट पनि आर्थिक सहयोग प्राप्त भएकोले नेपालको लकडाउन अलि खुकुलो भएपछि मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएको पीडितका बुबाले जानकारी दिएका छन् । पीडितका बुबा शान्तिमानले सहयोगी सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.