पूजा र राजको ‘लिन आउँछु भन्थ्यौ’ सार्वजनिक

Share

काठमाण्डौ,

(कोभिड-१९)कोरोनाका कारण चलचित्र क्षेत्र ठप्प छ, यो अवस्थामा पनि म्युजिक भिडियोले भने राम्रो बजार लिइरहेको छ । धेरै जना चलचित्रका कलाकारहरु  म्युजिक भिडियोमा काम गरिरहेका छन् ।
अभिनेत्री पूजा शर्मा पनि अहिले निरन्तर भिडियोमा काम गरिरहेकी छिन् । उनै पूजा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गरिएको ‘लिन आउँछु भन्थ्यौ’ बोलको गीतमा पूजाले कलाकार राज कटुवालसँग स्क्रिन सेयर गरेकी छन् ।
सार्वजनिक गीतमा उर्मिला लाम्गाडेको स्वर छ । हाल अमेरिकामा बस्दै आएकी उर्मिलाको यो पहिलो गीत हो । दिग्गज धौरालीको शब्द रहेको गीतमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् ।
डान्सिङ शैलीको भिडियोमा कविराज गहतराजको करियोग्राफी तथा निर्देशन छ । सौरभ लामाले खिचेको भिडियोलाई अर्जुन जीसीले सम्पादन गरेका छन् । बाकि भिडियो बाट…………..

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.