एजेन्सी ।
नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टी २० बलिङ वरीयता खस्किएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ वरीयतामा सन्दीप एक स्थान झरेका हुन्।
नयाँ वरीयतामा सन्दीप ८०औँ स्थानमा छन्। उनको कूल ३ सय ८९ रेटिङ अंक छ।
यसअघि आईसीसीले सार्वजनिक गरेको वरीयतामा उनी ७९ औँ स्थानमा थिए। हाल क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने क्रममा उनी ट्रिनिडाड एण्ड टोबागोमा छन्। अब उनी आइपिएलका लागि युएई जानेछन्। उनले सिपिएलमा ११ खेलमा १२ विकेट लिएका थिए।
यस्तै विश्व बलिङ वरीयतामा अफगानिस्तानका राशिद खान र मुजिबउर रहमान क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।