काठमान्डौ,
नेपाली परम्परामा दही र चिनी शुभसाइतका लागि खाने प्रचलन रहेको छ । तर, वैज्ञानिक रुपमा खाली पेटमा दही र चिनी खाँदा स्वास्थ्यलाई निकै फाइदा पुग्छ । दहीलाई चिनीमा मिसाएर खाँदा यसले क्याटालिस्टको काम गर्छ जुन शारीरिक र मानसिक रुपमा फाइदाजनक हुन्छ।
दहीलाई सुपर फुड मानिन्छ । यसमा थुप्रै गुणहरु पाइन्छ । जुन हाम्रो शरीरका लागि फाइदाजनक छ । दहीले पाचन प्रक्रियालाई मजबुत बनाउँछ । हरेक दिन दहीको सेवनले पेटसम्बन्धी समस्याको समाधान गर्छ । यसका साथै दहीमा विभिन्न प्रकारका पोषक तत्व पनि पाइन्छ । दहीमा क्याल्शियम, भिटामिन बी–१२, भिटामिन बी–२, म्याग्नेशियम, पोटाशियम जस्ता महत्वपूर्ण पोषक तत्त्वले भरिपूर्ण हुन्छ ।