लकडाउनले बालबालिकामा पर्ने असरको बारेमा बन्यो चलचित्र, के छ सन्देश (भिडियो सहित)

Share

काठमाडौं, देश बिगत पाँच महिनादेखि लकडाउन र निशेधाज्ञाले बन्धक बनि रहेको बेला आम मानिसमा यसले नराम्रो प्रभाव पारेको छ । अझ त्यसमा पनि बालबालिकाहरु सबैभन्दा बढी यसको मारमा छन् ।

दैनिक ज्यालादारी गरेर खाने मात्र होईन मध्यम वर्गीय नागरिकहरु पनि यतिबेला निम्न वर्गमा झर्न थालिसकेका छन् । यो बेलामा सरकारले मास्क र सेनिटाईजर अनिवार्य भनि रहेको छ तर नागरिकलाई भोको पेट भर्नुछ । मास्क र सेनिटाईजर होईन नागरिकलाई काम र माम चाहिएको छ । आम नागरिकको वर्तमान अवस्था यस्तो छ, यो अवस्थाले बालबालिकाको भविष्यलाई कस्तो पर्वाह पार्ला ? अझ बेवारिसे बालबालिका भए के गर्लान ?

माथी उल्लेख गरिएको प्रसंग हो भर्खरै सन्तोष राईले निर्माण गरेको लघु “चलचित्र प्रेमले सिकाएको बाटोको” १८ मिनेट ५४ सेकेण्डको यस साईलेन्स स्टोरीले बर्तमान अवस्था मात्र होईन कोरोना संक्रमण पछि आउँने अवस्थालाई पनि छर्लङ चित्रण गर्न सफल भएको छ । यो लघु चलचित्र अन्मिसम्म हेर्ने जो कोहीको आँखा रसाउँछ ।

ओमेगा नेपालको प्रस्तुति रहेको यस लघु चलचित्र प्रमले सिकाएको बाटोमा लेखक तथा निर्देशक सन्तोष ओमेगा राईको साथमा बालकलाकार पूजा सुब्बाको दमदार अभिनय देख्न सकिन्छ । मोहन खालिङ र हरि बस्नेतको छायाँकन, कुन्दन राईको ब्याकराउण्ड स्कोर तथा रीकेश बज्राचार्यको सम्पादन रहेको भिडियोमा गणेश रिजाल, केशव फुयाल, मानसिंह राई, दिपेन्द्र राई, रक्षक राई, जुना राई, खुसी राई, मिनु खत्री र आयुशा खत्रीको समेत अभिनय रहेको छ ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.