राम मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न।

Share

देवकी न्यौपाने, काठमाडौं।

गोकर्णेश्वर नगरपालिकास्थित राम मन्दिर परिसरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न उक्त आकस्मिक रक्तदान कार्यक्रमबाट ३२ पिण्ट रगत संकलन भएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं. ५ र ६ का वडा अध्यक्ष नारायण सुवेदी, रमेश अर्याल, चामुण्डा क्षेत्र विकास समितिको अध्यक्ष विमलमान श्रेष्ठ, धुब्र सुवेदी, ब्लोडानका केन्द्रीय सदस्य बालकृष्ण श्रेष्ठ, ब्लोडान गोकर्णेश्वर नगर समितिका सदस्यहरू उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा ब्लोडान गोकर्णेश्वर नगर समितिका अध्यक्ष गोविन्द काफ्लेले सम्पूर्ण रक्तदाताहरू, नेपाल रेडक्रस सोसाइटी केन्द्र, ब्लोडान गोकर्णेश्वर नगर समितिका सदस्यहरूलाई आभारसहित धन्यवाद व्यक्त गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.