मनिकाले जितिन टिकटक तिज क्विनको उपाधि।

Share

ईटहरी।

डिथ्री अनलाईन संचालन गरिरहेको परिकला मिडिया प्राली ले कोरोना त्रासको बिच सामाजिक संजाल मार्फत एक प्रतियोगिता आयोजना गरेको छ ।

‘टिकटक तिज क्विन-२०७७’ नाम दिइएको उक्त प्रतियोगिताको नतिजा सार्बजनिक गरिएको छ । फरक कन्सेप्टमा गरिएको सार्बजनिक शैलीबाट प्रतियोगिताको बिजेता मनिका बोहोरा, फर्स्ट रनरअप एलिशा क्षेत्री र सेकेन्ड रनरअप सिर्जना पोख्रेल भएका छन् । यस्तै सब-टाईटल अवार्ड पाउनेहरुको नाम पनि घोषणा गरिएको छ । जसमध्ये बेस्ट ड्रेसअप मन्जु मगर, बेस्ट एक्स्प्रेसन भावना श्रेष्ठ, बेस्ट डान्स जुनु श्रेष्ठ, ब्युटीगर्ल ईजिना चौलागाईं, बेस्ट क्वालिटी संगीता रेग्मी, बेस्ट लिटिल स्टार अज्लिना शर्मा र मिस चार्मिङको अवार्ड रश्मिता श्रेष्ठले जितेकी छन् । त्यस्तै जन्मजात अपाङ्ग भएर सुन्दर जिन्दगी जिउन कोशिस गरिरहनु भएकी हेटौडाकि देवि ढुङेलको स्व-ईच्छाले प्रतियोगितामा सहभागीता रहेको थियो । त्यो इच्छा शक्तिलाई सम्मान गर्दै आयोजक टिमको तर्फबाट २५०० नगद ‘प्रोत्साहन पुरस्कार’ स्वरुप दिने घोषणा समेत भएको छ ।

डिथ्रीको स्टुडियोबाटै लाईभ गरिएको कार्यक्रममा साङितिक माहौलका लागि गायक तथा रचनाकार केशब राईको उपस्थिति रहेको थियो । राईले आफ्नो विभिन्न गीतहरु सुनाएका थिए । उक्त लाईभ कार्यक्रमबाट बिजेताहरु घोषणा मात्र गरिएको तर पुरस्कार बितरणको कार्य भने बाकी नै रहेको प्रतियोगिताको कन्सेप्ट डिजाईनर, ब्यवस्थापक तथा परिकला मिडिया प्रालीका प्रवन्ध निर्देशक सुवास श्रेष्ठ संकल्पले बताए ।

डिथ्री फोटोग्राफी फेसबुक पेजबाट गराईएको प्रतियोगितामा २६ जनाको सहभागीता रहेको थियो । सो पेजमा राखिएको प्रतिष्पर्धिको टिकटक भिडियोमा आएको लाईक, शेयर र भ्युजको आधारमा बिजेता र उप बिजेताहरु घोषणा गरिएको हो भने सब टाईटल अवार्डहरु भने आयोजकको मुल्यांकनको आधारमा गरिएको कार्यक्रमकि कोअर्डिनेटर संगीता चौधरीले बताईन । लाईक, शेयर र भ्युजलाई भोटमा कन्भर्ट गरिएको थियो । जसअन्तर्गत बिजेताले ४ हजार ३ सय ३ भोट, फर्स्ट रनरअपले ४ हजार ११ भोट र सेकेन्ड रनरअपले २ हजार ९६ भोट प्राप्त गरेको कार्यक्रमको अर्का कोअर्डिनेटर शर्मिला दाहालले बताईन ।
यसवर्ष सो कन्सेप्टलाई अन्य केही कम्पनी तथा सस्थाहरुले पनि सुरु गरेको कारण यो पटक तिजकै अवसर पारेर फरक कन्सेप्टमा ‘टिकटक तिज क्विन-२०७७’को आयोजना गरेको संकल्पले बताए । बिजेताले नगद पुरस्कार संगै अन्य अफरहरु प्राप्त गर्नेछन् । बिजेताले १० हजार नगद, फर्स्ट रनरअपले ७ हजार नगद र सेकेन्ड रनरअपले ५ हजार नगद पुरस्कार पाउनेछन् ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.