पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको मृत्यु ।

Share

काठमाडौं।

कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।

यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही २४ घण्टाकै बीचमा थप ६८१ जना नयाँ संक्रमित पनि फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

कुल संक्रमित भने २८,९३८ पुग्दा सक्रिय संक्रमित भने ११,११८ जना मात्र रहेको मन्त्रालयको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.