५१ स्वर्णपदक सहित नेपाल ले जित्यो फुटबल !

Share

ऋषि बस्याल

दशरथ रंगशाला ,काठमाडौं ।

डिफेन्डिङ च्याम्पियन नेपालले भुटानलाई हराउँदै १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष फुटबलको स्वर्ण उपाधि नेपालले हातपारेको छ । साग फुटबलमा लगातार दोस्रो पटक उपाधि जितेको नेपालका लागि यो चौथो उपाधि हो । आज दशरथरंगशालामा भरिभराउ दर्शकबीच भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले उपाधि आफ्नो कब्जामा पार्न सफल भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा भुटानका खेलाडी चेन्चो ग्याल्सेनले बराबरी गोल गर्दै खेललाई थप दबावमा ल्याएका थिए ।
खेलको दोस्रो हाफमा सुनिल बलको गोलबाट नेपालले फेरि अग्रता लियो । सुनिलको उत्कृष्ट हेडलाई भुटानी गोलकिपरले बचाउन सकेनन् ।

यसै गरि नेपाल ले ५१ गोल्ड मेडल सहित १३ औ दक्षिण एसियाली खेल (साग)मा दोस्रो भएको छ बधाई छ नेपाल लाइ !नेपालमा आयोजित १३ औं सागमा नेपालको प्रस्तुती निकै गर्व गर्न लायकको मान्नु पर्छ । ५० भन्दा बढी स्वर्ण जित्न सफल नेपालले सबैको ध्यान केन्द्रित भएको फुटबलमा पनि स्वर्ण जित्न सफल भएको छ । सिमित श्रोत र साधन मात्रै होईन कि कतिपय खेलाडिले आफ्नै ढंगले श्रोत र साधनको जोहो गरेर पनि राष्ट्रको नाममा पदक दिलाएका छन । आसा छ यस  तर्फ सम्बन्धित निकायको ध्यान जाने छ र आउने दिनमा थप सफलता प्राप्त हुनेछ । सबैलाई बधाई र शुभकामना ।

No photo description available.

 

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.