हिमालयन सम्बाददाता
असार ३ , धनकुटा
प्रवासबाट आर्जित सीप, ज्ञान र स्वदेशकालागी बैदेशिक रोजगारबाट फर्किएका नेपालीहरूको संस्था रिटर्नी माईग्रेंट नेपाल प्रदेश नम्वर एकको आयोजनामा प्रथम धनकुटा जिल्ला सम्मेलन सम्पन्न गरेको छ । झापा, मोरङ, सुनसरी, तेह्रथुममा सम्मेलन सम्पन्न गरि छैटौ जिल्लाका रूपमा धनकुटामा जिल्ला सम्मेलन सम्पन्न गरेको रिटर्नी माईग्रेट नेपालका प्रदेश नम्वर एक का अध्यक्ष गोकुल बहादुर थापाले बताए । प्रदेशको सातै जिल्लामा कार्यक्षेत्र रहेको यो संस्थाले बिदेशी रोजगारिमा रहेको २५ लाख युवाहरूलाई उद्यममा सामेल गराइ उत्पादन मुलक स्वरोजगार बनाउन २०७५ सालमा यस संस्थाको दर्ता गरि काम गर्न थालिएको आयोजक संस्थाले जनाएको छ । बिभिन्न समस्याका कारण नेपालीहरू बिदेशबाट फर्कनेक्रम बढिरहेको अवस्थामा पनि राज्यको रेमिटान्स प्रतिको मोह हेर्दा बिदेशिनेको संख्या बढिरहेको पाईन्छ । बिदेशबाट फर्केर आएपछि घर न घाटको भएका नेपालीहरूलाई फर्केर आउनुका कारण र किठनाईहरूको निराकरण खोज्नकालागि बैदेशिक रोजगारबाट फर्केकाहरूको संगठित सस्थाका रूपमा रिटर्नी माईग्रेन्ट नेपालको स्थापना गरिएको रिटर्नी माईग्रेंट नेपाल का प्रदेश नम्वर एकका सचिव भरत सिवाकोटीले बताए । रिटर्नी माईग्रेंट नेपाल का संयोजक उमेश देउजाको अध्यक्षता एवंम जिल्ला समन्वय समितिका सम्योजक टंक चौहानको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा बिदेशबाट फर्केर आएका जिल्लाका युवाहरूको बाक्लो उपस्थित रहेको थियो ।