ऋषि बस्याल
बैशाख २४ ,मालुङ्गगा, स्याङ्गजा
स्याङ्जाको गल्याङ नगरपालिका वार्ड नं १ मालुङ्गगा र पाल्पाको रम्भा गाउँपालिकाको सङ्गमस्थल खाडाघाट उत्तर बाहिनीमा कालीगण्डकी गुरुकुलम स्थापना गरिएको छ । कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानले पाल्पाको रम्भादेवी गाउँपालिकामा दर्ता गरेकोे सो गुरुकुलममा यस शैक्षिक सत्र मा कक्षा ६ मा आध्यापन गराइने र अर्को सत्र बाट क्रमसः माथिल्लो कक्षा बढाउदै लगिने कुरा रहेको छ |
गुरुकुलममा स्याङ्जा र पाल्पाका विभिन्न भेगका १० विद्यार्थीलाई निःशुल्क खान, बस्न तथा पोशाकसहितको सुविधा दिइएको गुरुकुलमका संस्थापक चैतन्य कृष्णले बताउनुभयो । “गुरुकुलम थालनीका क्रममा रहेको र बाहिरी जिल्लाबाट पनि विद्यार्थी भर्ना हुनाका लागि आउने जानकारीमा आएको छ”, उहाँले भन्नुभयो, “चालू शैक्षिक सत्रमा विद्यार्थी थपिँदै छन्, यो वर्ष १५ जनाको कोटा रहेकामा आगामी शैक्षिक सत्रबाट कोटा थप गर्दै जाने छौँ ।”गुरुकुलममा अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक विषयका अनिवार्य र संस्कृत भाषा, संस्कृत व्याकरण, कर्मकाण्डसहित वेद, नीति शास्त्र, आयुर्वेद तथा भजन कृतन एवं सङ्गीतको पढाइ हुने र नेपालकै पहिलो अङ्ग्रेजी माध्यमको गुरुकुलम रहेको जिकिर संस्थापक अध्यक्ष चैतन्य कृष्णको थियो ।
उत्तर बाहिनी कालीगण्डकीको तटमा रमणीय स्थानमा गुरुकुलम सञ्चालनमा आएसँगै आधुनिक शिक्षा र संस्कृत भाषा अध्ययन गर्न पाइने भएपछि स्थानीय अभिभावक हर्षित छन् । उक्त प्रतिष्ठानले महायज्ञ सञ्चालन गरी सङ्कलन भएको रकमबाट भौतिक पूर्वाधार निर्माण गरेर उत्तर बाहिनीलाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै आइएको छ ।अब आउदा दिन मा कालिगण्डकी उत्तरबाहिनी लाइ नेपाल कै प्रथम धार्मिक तथा पर्यटनको क्षेत्र् बनाउने समिति का अध्यक्ष ले जानकारी दिए |सम्पूर्ण श्रदालु भक्तजन हरु लाइ एक पटक उत्तरबाहिनी को दर्शन गर्ने र त्यहा को रमणीयस्थल को अबलोकन गर्न समेत चैतन्य कृष्ण प्रभु ले अनुरोध गर्नु भएको छ |