रामेछाप तामाङ कलाकारको प्रथम भेला चैत्र १६ मा बौद्ध काठमाडौमा हुने।

Share

उत्तम बिक काठमाडौ,

आगमी चैत्र १६ गत्ते रामेछाप जिल्लाका तामाङ कलाकारहरुको प्रथम बृहत भेला बौद्ध काठमाडौमा हुने भएको छ ।
“चैत्र १६ गते शनिबार बौद्ध जाउ, रामेछाप बासि तामाङ कलाकारहरुको पहिलो भेलामा सहभागी बनौं ।” भन्ने मुल नाराका साथ आयोजना हुन लागेको उक्त प्रथम भेलामा रामेछापका बिबिध विद्यामा सकृय तामाङ कलाकारहरुलाई निमन्त्रणा गरिएको आयोजकले जानकारी दिएको छ ।
रामेछाप जिल्ला आफैमा प्राकृतिक सौन्दर्यले भरिपुर्ण सुन्दर जिल्ला हो । कलाक्षेत्रमा बहुप्रतिभा भएका कलाकारहरु रहेको यस जिल्लामा तामाङ कला-सस्कृती र तामाङ कलाकारहरुको बाहुल्यता रहेको जिल्ला भनेर चिनिन्छ ।
सिङ्गो रामेछापेली तामाङ कलाकारहरुको विविध कला सस्कृती,भाषा ,भेषभुषा ,गित सङ्गीत तथा सबै प्रकारको सास्कृतीक धरोहरा,उत्थान,प्रबर्द्धन ,संरक्षण,एबम प्रचार प्रसारका साथै रामेछापमा तामाङ कलाकारहरुको खोज,एकता र एउटै साझा सस्था स्थापना र संरक्षणको लागि उक्त बृहत् भेला हुन लागेको कलाकार सन्ध्या सुस्केराले जानकारी दिएकी छन ।
रामेछाप जिल्लाका तामाङ कलाकारहरु गायक रोज मोक्तान र शशिकला मोक्तानको विशेष उपस्थितिमा हुने उक्त भेलामा गायन,सङ्गीत,नृत्य,अभिनय,रचना लगायत कलाकारिताको विविध विद्यामा पेसागत रूपमा आबद्ध सम्पुर्णलाई आउदो चैत्र १६ गते शनिबार दिउसो २ बजे देखि बौद्ध स्थित सनराइज बैंकको अगाडी “कोनिच क्याफे डे हट प्लेट” मा हुने उक्त प्रथम भेलामा उपस्थितिको लागि रामेछाप तामाङ कलाकार भेला तयारी समितिले सबैलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.