नेपालबाट आउने कलाकारहरुलाई पन्चेबाजाले भब्य स्वागत गर्ने तयारीमा रुपेन्देही सेवा समाज युएई

Share

प्रकाश ढकाल , युएई हिन्दुनारीहरुको महान पर्व हरितालिका तीजको अबसर पारेर रुपेन्देहि सेवा समाज युएईले ऋषि पञ्चमीको दिनमा तीज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

आगामी सेप्टेम्बर १४ तारिक शुक्रबारको दिन युएईको अलकुज स्थित डुल्स्को हलमा दिनको ३ बजेबाट उक्त कार्यक्रम गर्ने भएको हो । राष्ट्रिय स्तरका कलाकार हरु बद्री पंगेनी , प्रीती आले , शितल शर्मा तथा स्थानीय कलाकारहरु आउने उक्त कार्यक्रममा आफ्नो लोक संस्कृतिको जगेर्ना गर्दै कलाकार हरुलाई पन्चेबाजाले स्वागत गर्ने कुरा कार्यक्रम संयोजक बताए ।

युएईमा रोजगार तथा आफ्नै व्यापार ब्यवसाय गरेर बस्नु भएका दाजु भाइ दिदिबैनी हरुको मनको पीडा भुलाउनको लागि उहाँ हरुको साथमा युएईमा रहनु भएका चर्चित कलाकार हरुले उक्त दिन भरपुर मनोरञ्जन दिन सक्ने कुरा संस्थाका अध्यक्ष हरी चापागाई बताए ।

कार्यक्रमको थप आकर्षक ~ उक्त दिन राष्ट्रिय कलाकार हरु बद्री पंगेनी र प्रीती आलेको पन्चेबाजामा लाईभ दोहोरी देख्न पाइने छ ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.