काठमाण्डौ, चैत ।
साहित्यकार मालिका केसरीको उपन्यास ‘सुवर्णलता’बारे राजधानीमा शनिबार भएको अन्तरसंवाद कार्यक्रममा बोल्ने लेखक साहित्यकारहरुले साहित्य पढ्ने पाठक घट्दै गएको प्रतिचिन्ता व्यक्त गरेका छन ।

समालोचक रामलोहनीले उपन्यास सुवर्णलता सरल भाषामा बगेको र बौद्ध दर्शनलाई समेत उतारिएकाले सबैले बुझ्नसक्ने कृति बनेको बताए। उनले भने,‘सुवर्णलतामा दुईवटा फरक कथा छ । एउटा पक्षबर्तमान केन्द्रित छ भने अर्काे बौद्धकालीन समयमा डुलेकोे छ । दुईवटा कृति समेत बन्नसक्ने कुरा एउटै कृतिमा समावेश हुनु पाठकको लागि फाइदाको कुरा हो ।’
कार्यक्रमा उपस्थित पाठकले उपन्यास अत्यन्त उत्कृष्ठ भन्दै उपन्यासमा लेखकले बौद्धकालिन समाज र बुद्धले पत्तालगाएको ज्ञानलाई उपन्यासमा ढालेकाले उपन्यास पढ्दा बुद्धको मार्गमा स्वयं हिँड्दै गरेको अनुभुति हुने धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रममा उपस्थित पाठक विजय मोक्तानका अनुसार ‘उपन्यास पढ्दा बुद्ध स्वयं नै अगाडि उभिएर प्रवचन दिईरहको अनुभूति हुनु लेखकको लेखकीय सफलता हो ।’
लेखक केशरीले पाठकबाट पाएको मायाले नयाँउर्जा प्राप्तभएको भन्दै आफूमाथि नयाँ जिम्मेवारी थपिएको बताएका थिए । आफ्नो प्रयासलाई पाठकले मनपराएकै कारण बजारमा आएको छोटो समयम मै सुवर्णलताको दोस्रो संस्करण आउन लागेको पनिउनले खुलासा गरे । उपन्यास सांग्रिला बुक्सले बजार मा ल्याएको हो ।