युएईमा नेपाली समाजको भबिस्य कस्तो?

Share

माधब प्रसाद गैरे, युएई ।

नेपालीहरूलाई परेका हरेक समस्याको सहयोग र विभिन्न तहबाट अप्ठ्यारोमा परेका श्रमिकको हितका लागी सं १९९० मा युएइमा स्थापित सामाजिक संस्था रुपमा चिरपरिचित रहेको यस संस्थाले २५ औ बसन्त पार गरिसकेको छ।

यस समाजको बिगतका ईतिहास हेर्दा धेरै समस्याको समाधानमा उपयुक्त वातावरण बनाउदै युएईमा  नेपाली एम्बसीको स्थापना गर्न उल्लेख्य भुमिका खेलेको पाइएको छ। यस समाज मात्र नभई यहाँ लगभग अन्य ७५-८० सामाजिक संस्था अहिले आएर क्रियासिल रहेका छन।  गल्फको मुलुकमा बिना दर्ता कुनै संस्था चलाउनु अबैध ठानिन्छ यद्यपि यहाँ धेरै सामाजिक संस्था रहेका छन जसले आफ्नो गाँउ-ठाँउको नेपालीहरु लाइ सहयोग लगाएत मनोरञ्जन सहितका कार्यक्रमको आयोजना गर्दै आइरहेका छन, तसर्थ  यी सस्थाहरु मार्फत जिल्ला, वडा, तथा टोल-टोलमा पनि सामाजिक क्षेत्रमा नै काम गरेको देखिन्छन।

नेपाली समाज युएई हुदा-हुदै किन अरू समाजको आबस्यक किन?

पहिलो नेपाली समाज युएई, यस सामाजका बारेमा अगाडि कुरा गरि सकेको छु यद्यपि त्यति मात्र नेपाली समाजका लागि अलि कम हुने मलाई लागेको छ। समाजले सामाजिक क्षेत्रमा पहिला धेरै काम गरेको ईतिहास सुन्न पाए पनि मेरो दुवइको दस वर्षको वसाईमा उल्लेख्य काम गरेको भने केही भेटिदैन। नेपाली समाजले पुराना हामीले सुनेको हरेक काम  निश्चित रूपमा निरंतरता दिएको भए अाज सामाजिक संस्था भनी हरेक जिल्लाका खुल्ने कुनै अर्थ नरहेको यहाका बुध्दिजिबी बर्गहरु बताउछन। दुवइमा हरेक वर्ष फेरिने नियम संगै बिगतका वर्ष देखि दर्तावाल संस्था बाहेक अन्य भेटिएको खण्डमा फाइन हुने भए पनि यो पुरानो संस्था अहिले सम्म दर्ताका कुनै पहल गरेको देखिएको छैन ।

यहाका हरेक संस्था मध्यको जेठो सस्था अरु खुलेका संस्थालाई नेतृत्व गर्दै अगाडि बढनु पर्ने तर यसमा पनि धेरै पछाडि रहेको छ। उदाहरण नेपाल सरकारले पठाएको कार्यबाहक राजदुत सागर फ्युयालको स्वागतार्थ एनआरएनए युएई तथा जनजाति महासंघको संयुक्त अायोजनामा गरिएको कार्यक्रममा अन्य ६० संस्थाले सहभागीता जनाउदा नेपाली समाजले सहभागी हुन चाहेन।
कार्यक्रम स्थलमा अध्यक्ष चन्द्रप्रसाद सापकोटालाई उद्घोषक पटक पटक नाम लिदै बोलाइ रहेको अबस्थामा यहाँ कुनै प्रतिनिधि समेतको उपस्थिति नगराएको नेपाली समाज एक्लैले के गर्ने सपना देखेको छ त्यो त भोलिका दिनमा थाहा होला नै।

आयोजक संग यसबारे कुरा गर्दा छलफल भएको तर सहभागीता नजनाउने धारणा राखेपनी उपस्थित नहुने कुरा नभएको जानकारी अाएको थियो ।
बिगतको २०१५- २०१७ कार्यकाल नेपाली समाजको केही प्रभावकारी भएको भए पनि नेपाली समाजले बिगतमा गरेको विभिन्न कार्यक्रम अन्तर्गत बैकल्पिक कोष स्थापनार्थ संकलित रकम कहाँ कसरी कुन अबस्थामा रहेको छ र कस्ता कस्ता ब्यक्ती अथवा पीडितले के कतिले सहयोग पाएका छन अहिलेसम्म बाहिर जानकारी हुन अाएको छैन ।

तत्कालीन महासचिव मणि भुर्तेलले विशेष पहलमा जम्मा गरिएको रकम हालमा कहाँ छ के हुदैछ थप जानकारी अहिलेको कमिटीले अबस्य देला? नेपालीको लागि खोलिएको नेपाली समाज कुनै दुरदराजका ब्यक्तित्वका लागि होइन यद्यपि सबैलाई समायोजन गरि अगाडि बढ्नुपर्ने कुरामा भने प्रभावकारी नदेखिएको प्रष्ट छ किन?

यहाँ स-साना समाजले गरेको सामाजिक क्षेत्रको कामको बारेमा जानकारी लिदै सबैलाई छाताको रूप दिनु पर्ने नेपाली समाज कहाँ के गर्दै छ कसैलाई जानकारी रहेको छैन ।

नेपालीको संस्था मध्ये “हामी नेपाली एसोसिएयन” “नेपाल बिजनेस काउन्सिल ” यहाका दर्तावाल संस्था हुन,  नब नियुक्त कार्य बाहक राजदुतको स्वागत कार्यक्रममा यति ठूला र बैधानिक संस्थाले सहभागीता जनाउदा किन नेपाली समाज सहभागी नभएको ? नेपाली समाज एक्लैले न हिजो केही गरेको छ न त भोलि केही गर्न नै सक्दछ। यहाँका ब्यापारीहौर  १५-१७ जनाको समुहले जन्माएको फर्सी ग्रूप बरू छोटो समयमा खेल तथा स्वास्थमा केन्द्रित भएर नेपालीहरुको सहयोगमा तल्लिन रहेको छ। साप्ताहिक म्याच दैनिक २ घण्टा स्वास्थ्यसंग कार्यक्रम फुटबल भलिबल जस्ता कार्य गरेको छ सायद यो पनि नजर अन्दाज गर्नु पर्नेछ। स-साना युवाको जमघटमा खुलेका संस्थाले अाफ्नो स्तर कहाँ पुर्‍याउन सफल भए यसका बारेमा बिचार पुर्‍याउनु पर्ने होइन र नेपाली समाजले ?

नेपाली एसोसिएयन भर्खरै दर्ता गरेर जन मानसको बिचमा अाएको छ तर अाज सुस्ताएको नेपाली समाजले यो बारेमा गहन बिचार गरेर अगामी कार्य योजना र दर्ता प्रक्रिया जन मानसमा सार्वजनिक गर्न जरुरी देखिन्छ, यस्तो गरिमामय सस्थाको कार्य समिती खादा र प्रमुख अतिथिको लागि तछाड मछाड गर्दै हरेक शुक्रबार तीन चार वटा कार्यक्रममा अतिथिकै लागि दौडधूप गर्न सक्ने तर मुख्य कार्यक्रम त्यो पनि ५०-६० वटा सस्थाको सहभागिता रहेको कार्यक्रममा उपस्थिति हुन नसक्नु आस्चर्य जनक रहेको छ।

यहाँ कोहि बिरामी पर्नु, अापतमा पर्नु धेरै ब्यक्ती रहेको स्थानमा हुन्छ यतिबेला कुनै समस्याको बारेमा गुनासो नेपाली समाजलाई होइन कित गाउँ, जिल्ला समाज नभए NRNA सम्झन्छन किन नेपाली समाज पुरानो सस्था हुदाहुदै जनमानसमा बिश्वास गुमाउन पुग्यो ? अब सबैले सोच्ने बेला भएको छ साथै पदासीन पदाधिकारीसंग जवाफ लिने बेला भएको छ नेपाली समाजमा आबद्ध सस्थाहरु र आजिबन सदस्यहरु पनि यो सस्थाको त्यतिकै जिम्मेवारी देखिन्छन र यो उनीहरुको पनि जिम्मेवारी भित्र पर्छ नाकी अधिबेशनमा मात्र उपस्थित भएर अतिथिको लागि मात्र कार्यसमिति तय गर्ने। यद्यपि बेलैमा यो सस्थामा आबद्ध ब्यक्ति तथा सस्थाहरुले यो बिसयमा उठान नगर्ने हो भने युएईकै पहिलो सस्थाको रुपमा रहेको नेपाली समाज भोलिका दिनमा “थियो रे” भन्ने अबस्था नआउला भन्न सकिन्न।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.