तीन नम्बर प्रदेश अन्तर्गत युएईका संस्थाहरु संगठित हुदै ।

Share

उत्तम बिक दुबई,

नेपालमा केही समय पहिला प्रदेशको नामकरण भएर प्रदेश सभाको समेत निर्वाचन भईसकेको छ यसै सन्दर्भलाई लिएर युएईमा रहेका तिन नम्बर प्रदेश भित्रका जिल्लागत संस्थाहरु एकत्रित गर्नको लागी बहस शुरु भएको छ ।
तिन नम्बर प्रदेश अन्तर्गतका १३ जिल्ला मध्यका संस्थाहरु काभ्रे सेवा समाज युएई, सिन्धुपाल्चोक सेवा समाज युएई, धादिङ समाज युएई, दोलखा सेवा समाज युएई, नुवाकोट समाज, रसुवा समाज, मकवानपुर सेवा समाज, रामेछाप समाज, सिन्धुली समाज, चितवन समाज लगायतका संस्थाका प्रमुख र प्रतिनीधिहरु बिच बहस शुरु भएको हो ।
जिल्लागत रुपमा छरिएर रहेका संस्थाहरुलाई संगठित गर्दै तिन नम्बर प्रदेशको बिकासमा सेवा पु¥याउने लक्ष्य सहित संगठित हुन लागेका र त्यसको लागी बिभिन्न दुई चरणको छलफलहरु सम्पन्न भईसकेका छन् । दुई पटक भएकोे छलफल र बहस बाट सबैलाई समेटने गरि हाललाई तिन नम्बर प्रदेश नामकरण सहितको एउटा भेला आयोजक समिति निर्माण गर्ने निर्णय भएको छ ।
१२ जनावरी २०१८ का दिन भएको छलफलले हाल धादिङ समाज युएईका निबर्तमान अध्यक्ष तथा सल्लाहाकार समिति सदस्य भिम अधिकारीको संयोजकत्वमा काभ्रे सेवा समाज युएईका अध्यक्ष दिल लामा उपसंयोजक रहने गरि प्रतयेक संस्थाबाट संस्था प्रमुख र एक सदस्य सहितको भेला आयोजक समिति गठन गरेको छ । जस्मा संयोजक भिम अधिकारी, उपसंयोजक दिल लामा, सदस्यहरु दिपक रावत, गणेश न्यौपाने, जगत क्षेत्रि, नवराज बस्नेत, योगेन्द्र थापा, सम्पारा फ्युबा र राम शरण पाण्डे रहेका छन् ।
आगमी जनावरी २६ का दिन युएईको दुबर्इृ स्थित सिल्भर स्पुन होटलमा हुन लागेको भेलाले नयाँ कार्यसमितित समेत छनोट गर्ने भएकोले युएईमा रहेका तिन नम्बर प्रदेशका सबैलाई उपस्थितीको लागी आयोजक समितिले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.