तेमाल गाँपालिका १ र २ को ९५% जनता वामगठन्धनको पक्षमा

Share

रितेश तामाङ काभ्रे, 

– सँयुक्त वाम गठबन्धनको वृहत चुनावी कोण सभा क. ईन्द्र अधिकारी सभापति र पुर्व उर्जा राज्य मन्त्री एवम् सभासद क. सुर्यमान दोङ प्रमुख अतिथि र अतिथिहरू क. रत्न ढकाल (प्रदेश सभा उम्मेदवार), क. गणेश लामा, क. दीपक गौतम, क. समिर दोङ, क. प्रदीप लामा, क. उषा घिसिङ, क. कल्पणा लामा, क. ईन्द्र बहादुर तामाङ, क. जेनिस लामा, क. अभिलास लामा, क. रक्तिम लामा, क. मुकुन्दा गौतम र अन्य स्थानीय तथा जिल्ला स्तरीय नेताहरूको अतिथ्यमा लामागाउँमा सम्पन्न भयो । प्रतिनिधि सभाको उम्मेदवार गँगबहादुर दोङ “बमध्वज” भने व्यस्त कार्यतालिकाको कारण यस सभामा उपस्थित थिएन र अर्को पटकको सभामा उपस्थित हुने सन्देश पठाउनुभएको थियो ।

करिब १५०० जनाको सँख्यामा जनसागर उतार्ने लक्ष्य राखेको यस सभामा बिहेको मौषम परेको कारण अधिकाँस व्यस्त रहेकोले सोचेअनुसारको जनसागर उर्लन नसकेको माओवादी केन्द्र, तेमाल गा. पा. वडा नं. २ का अध्यक्ष क. देवराज लामाले बताउनुभयो । १० बजे नै शुरु गर्ने भनेको यस सभा केहि अतिथिहरूको ढिला उपस्थितले अलि ढिला सन्चालन हुन पुगेको कार्यक्रम सन्चालक क. प्रेम बहादुर तामाङले बताउनु भयो । यध्यापि यस सभामा करिब १००० जनाको उल्लेख्य सहभागित रहेको देखिन्थ्यो ।

सभाको औपचारिक शुरूवात भईसकेपछि अतिथिहरूले मन्तव्य राख्ने क्रम शुरु भयो र तेमाल गा. पा. वडा नं. १ र २ को जननिर्वाचित वडा अध्यक्षद्वय मान बहादुर श्रेष्ठ र तिमाल सिँ तामाङले मन्तव्य राख्नुभयो । मन्तव्यको क्रममा पार्टि नेतृत्वले स्थानीय तहको चुनावको बेला गल्ती गरेको बताउनुभयो । त्यतिबेला नै बाम गठबन्धन भएको भए सिगोँ गाउँपालिका नै बाम लालकिल्ला हुने र अहिले बहुमत नभएकोले काम गर्न निकै गाह्रो भएको बताउनुभयो । यसैगरि तिमाल सिँ तामाङले मन्तव्यको क्रममा सँयोगबस तेमाल गाउँपालिकामा स्थानीय तहको निर्वाचन पश्चात स्थानीय सरकार गठन गर्ने बेलामा नै एमाले र माओवादी केन्द्रबीच एलायन्स भएको थियो । जसले गर्दा काँग्रेसले एकलौटी निर्णय गर्न नसकेको पनि बताउनुभयो । मन्तव्यकै क्रममा गणेश लामाले भन्नुभयो यसपालि उम्मेदवार छुट्याउन गाह्रो नभएको र उम्मेदवारको पृष्ठभूमि हेरेर मत ज़ाहिर गर्न अपिल गर्नुभयो । अधिकाँस वक्ताहरूले व्यक्ति नहेरेर, मेरो पार्टी तेरो पार्टी नभनेर वाम गठबन्धनको साझा उम्मेदवारहरूलाई गोलाकार घेराभित्रको हँसिया हथौड़ा चिह्नमा मतदान गर्न अपिल गर्नुभयो । माओवादी केन्द्रको पोलिटव्युरो सदस्य रक्तिमले मन्तव्यको क्रममा काँग्रेसलाई बुथ क्याप्चर गर्ने दिवा सपना नदेखे हुन्छ भन्नुभयो र मतदाताको मन जित्नु भनेको रोशी र कोशीको बालुवा निकाले जस्तो सजिलो नहुने पनि बताउनुभयो ।
एमालेको जिल्ला स्तरिय चर्चित नेता ईन्द्र तामाङले मन्तव्यको क्रममा प्रदेशसभा उम्मेदवार रत्न ढकाललाई कतिपय काँग्रेसीहरूले बाउनको छोरालाई भोट हाल्न हुँदैन भनेर भ्रम फैलाईएको र रत्न ढकाललाई जातियताको आँखाले भन्दा पनि राष्ट्रिय मुद्दा र वर्ग सँघर्षको बेला उनले पुर्याएको योगदानको आधारमा भोट हाल्न अपिल गर्नुभयो । रत्न ढकालको प्रतिध्वन्धि सि. बि. लामा राजनीतिक व्यक्ति नभएको र व्यापारिक पृष्ठभुमिका मान्छेले राजनीति गर्न नसुहाउने र चुनावको बेला मात्र उनको अस्पतालमा ५०% छुट र १००% छुटको कुरा गर्न नमिल्ने र सक्छौ भने तेमाल डाँडामा अस्पताल खोल्न भन्नुभयो ।

प्रदेश सभा उम्मेदवार रत्न ढकालले, तेमाल तामाङहरूको बहुल्यता भएको र यस भेगको आफ्नो छुट्टै ईतिहास भएकोले पहिचान लगायत अन्य मुद्दारूलाई पनि सँस्थापन गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो । तेमाल एरियालाई रिँगरोडले जोड्ने र पर्यटकीय नगरी बनाउने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । अन्तमा, प्रमुख अतिथि सुर्यमान दोङले अहिले वाम गठबन्धन आफैमा एक एेतिहासिक रहेको र देश विकासको मुख्य आधारशिला तयार भएको बताउनुभयो । हाल नेपालमा भएको वाम गठबन्धन र त्यसपछि दुई ठुला कम्युनिस्ट पार्टीबीच हुने एकताले नेपालमा कम्युनिस्टको शक्ति केन्द्र बन्ने र विश्व कम्युनिस्ट आन्दोलनमा कोशे ढुँगा साबित हुने पनि बताउनुभयो । बमध्वज र रत्न ढकालको ईतिहास वर्ग सँघर्षबाट जेल नेल हुँदै नेपालमा सँघियता, गणतन्त्र, धर्मनिरपे़क्षता, समानुपातिक समावेशिता हुँदै यहाँसम्मको यात्रालाई नजरअन्दाज गर्न नमिल्ने र यि दुई उम्मेदवारले निरँकुश राजतन्त्रको अन्त्यको निमित्त जनयुद्द लड्दै गर्दा काँग्रेसी उम्मेदवारहरू काठमाडौँको कुन गल्लीमा हप्ता उठाउँदै थियो भनेर प्रश्न गर्नुभयो । यो निर्वाचनमा वामगठन्धले बहुमत ल्याउने र नेपालमा कम्युनिस्ट सरकार बन्ने र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली व्यवस्था हुने पनि बताउनुभयो ।

समग्रमा भन्नुपर्दा, काभ्रे क्षेत्र नं. १ मा वाम गठबन्धनको पकड झनझन बलियो हुँदै गएको देखिन्छ । दुबै पार्टीको अधिकाँस कार्यकर्ताहरू लगभग कन्भिन्स भईसकेकोले पनि सैद्दान्तिक मतले मात्र पनि जित्ने पक्का देखिन्छ । त्यसमाथि बामगठबन्धनमा प्रवेश गर्नेको क्रम पनि उर्लिदै आएकोले झन चुनाव जित्न सजिलो हुने देखिन्छ । यस कार्यक्रममा पनि २०,२५ जना युवाहरू काँग्रेस परित्याग गरि प्रवेश भए । यो क्रम अबको सभाहरूमा पनि निरन्तर चलिरहने छ । अबको वाम गठबन्धनले विशेष ध्यान दिनुपर्ने मुख्य कुरा के छ भने, आफ्नो सैद्धान्तिक मतलाई दायाँ बायाँ हुन नदिने र नमुना मतपत्र बोकेर घर-घर पसेर मतदान गर्ने विधि सिकाउने कार्य गर्नुपर्छ । किनकी प्रत्यक्ष तर्फ उम्मेदवार साझा भएपनि समानुपातिक तर्फ आ-आफ्नै पार्टीको उम्मेदवार भएकोले मतदाताहरू झुक्किने सम्भावना प्रवल छ । काभ्रे क्षेत्र नं. १ मा प्रत्यक्ष तर्फको दुबै उम्मेदवारहरू माओवादी केन्द्र कै भागमा परेको र समानुपातिक तर्फ पनि आफ्नै पार्टीलाई भोट दिनुपर्ने हुँदा खासै कन्फ्यूजन हुने अवस्था छैन । तर एमालेको मतदाताहरूलाई अलिकति कन्फ्यूजन हुने अवस्था देखिन्छ । प्रत्यक्षतर्फ साझा उम्मेदवारहरूलाई गोलाकार घेराभित्रको हँसिया, हथौडा चिह्नमा भोट हाले पनि समानुपातिक तर्फ सुर्य चिह्न मै मतदान गर्नुपर्ने हुँदा, मतदाताहरूलाई राम्ररी बुझाउनुपर्दछ ।
तेमाल गाँपालिका १ र २ को ९५% जनता वामगठन्धनको पक्षमा छन भन्दा फरक नपर्ला । सबैले आआफ्नो ठाउँबाट सक्दो पहल गरौँ । यो निर्वाचनले हाम्रो देश नेपालको कायपलट हुन सक्छ । सदियौ देखि नेपाली जनताको स्वाभिमान माथि खेलवाड गर्दै जनताको रगत र पसिना चुस्नेहरूलाई पत्तासाफ गर्नैपर्छ । अहिलेको जमानामा कुखुरा तथा खसिबोकाको दाम त २,३ हजार देखि १०,१५ हजार छ भने हामी त मान्छे हौ त्यसैले आफुलाई २,४ हजारमा नबेच्नुहोला ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.