सामुहिक बलात्कारीको अझै पक्राउ भएन।

Share

बिरगंज ,

पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाकी १७ वर्षीया किशोरीलाई १२ कात्तिकमा सामूहिक बलात्कार गर्ने युवा फरार भएका  छन् ।

घटना भएको १८ दिन बितिसक्दा पनि प्रहरीले उनीहरूलाई पक्राउ गर्न चासो नदेखाएको भन्दै मंगलबार वीरगञ्जको घण्टाघरमा युवाहरूले विरोध सभा गरेका छन् ।

घटनाको १८ दिन बितिसक्दा पनि प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै विरोध गरिएको अधिकारकर्मी सावित्री सुवेदीले फेसबुक मार्फत आक्रोश पोखेकी छन।

मंगलवारको विरोध सभाका वक्ताहरूले, खुकुलो कानुन र राजनीतिक संरक्षणका कारण बलात्कारीको मनोबल बढ्दै गएकोमा चिन्तासमेत व्यक्त गरेका थिए । बलात्कारीलाई फाँसीको सजाय नदिएसम्म यस्ता घटनामा कमी नआउने भन्दै बलात्कारीलाई प्रश्रय दिनेलाई पनि हदैसम्मको सजायको व्यवस्था गर्न माग गरेका थिए ।

किशोरीलाई सामूहिक बलात्कार गर्ने एक युवक वडा अध्यक्षका छोरा पनि रहेका कारण उनकै दबाबमा प्रहरीले उनीहरूलाई पक्राउ नगरेको हो । किशोरीलाई बलात्कार गर्ने वडा नम्बर ४ का अध्यक्ष जुमादिन अन्सारीका छोरा २२ वर्षीय मुख्तार अन्सारी र उनका एक साथीलाई प्रहरीले वडा अध्यक्ष जुमादिनको दबाबमा पक्राउ गर्न चासो नदेखाएको पीडितले आरोप लगाएका छन् ।

१२ कात्तिकमा उखुबारीमा बाख्राका लागि घाँस काट्न गएकी किशोरीलाई मोटरसाइकलमा सवार वडाध्यक्ष जुमादिनका छोरा मुख्तार र उनका साथी अन्सारी बाबुले जबरजस्ती समातेर मुख थुनी पालैपालो बलात्कार गरेका थिए । किशोरीलाई बलात्कार गर्ने क्रममा ती दुवै युवकलाई उनीहरूका साथी हरिशंकर दास तत्मा, रुस्तम अन्सारी र ओली आलम अन्सारीले सघाएका थिए ।

जबरजस्ती करणी गरेपछि पीडित किशोरीलाई बेलुकी गाउँदेखि पर एकान्तमा रहेको ओली आलमको घरमा रातभर थुनेर राखेका थिए ।

घटनाको भोलिपल्ट १३ कात्तिकमा ओली आलम, रुस्तम र हरिशंकरले पीडित किशोरीलाई वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याएर मोटरसाइकल दुर्घटनामा घाइते भएको भन्दै उपचार गराएर गाउँमा लगि छाडिदिएका थिए।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.