चिकित्सकहरुलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आह्वान: प्रधानमन्त्री

Share

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुुर देउवाले चिकित्सकहरुलाई आन्दोलनका कार्यक्रम फिर्ता लिन आह्वान गरेका छन् । चिकित्सकको सुरक्षाका लागि सरकार सदैव तयार रहेको भन्दै उनले स्वास्थ्य सेवामा हडतालका कार्यक्रम भने फिर्ता लिनुपर्ने बताए ।

संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा भाग लिएर बिहीबार राती स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले चिकित्सकका मागबारे आफू सचेत रहेको बताए । उनले आगामी दिनमा चिकित्सकका समस्या समाधान गर्ने स्पष्ट पनि पारे ।

उनले मन्त्रिपरिषदको निर्णय चिकित्सकको हकहित विरुद्ध नभएको स्पष्ट पनि पारे । ‘खासगरी उहाँहरूले हड्ताल गरिदिनु भएन,’ प्रधानमन्त्री देउवाले भने, ‘डाक्टरहरूको सुरक्षा गर्न हामी तयार छाैं ।

बिरामीको उपचारको क्रममा मृत्यु भएमा उपचारमा संलग्न चिकित्सकले नै क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको भन्दै देशभरका चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामीहरु मर्कामा परेका छन् । चिकित्सकहरुले सरकारी तथा निजी अस्पताल, क्लिनिक, नर्सिंङ होम सबैमा सेवा ठप्प पार्दा अत्यावश्यक उपचार सेवा पाउनबाट बिरामीहरु बन्चित भएका छन् ।

आन्दोलनरत  चिकित्सकहरूका मागप्रति सकारात्मक रहेकाे भन्दै प्रधानमन्त्री देउवाले भने, ‘क्याविनेटको निर्णय उहाँहरूको खिलाफमा भएको जस्तो मलार्इ लाग्दैन । डाक्टरहरूलार्इ दुःख दिने नियत हुनै सक्दैन । उहाँहरूका जेन्यून माग गर्न हामी तयार छाैं । अनलाइन खबर

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.