कागेश्वरी मेला तथा कागको किम्बदन्ती।

Share

दामोदर दाहाल, काठमाडौ,

काठमान्डौ नजिक १८ किलोमिटरको दुरी भेगमा रहेको कागेश्वरी पर्यटकिय तथा धार्मिकस्थल सुन्दरिजल र मणिचुडसँगै जोडिएका छन् । कागेश्वरीको शिरमा पुग्दा त्याँहाको मनमोहकताले मनै प्रफुल्लित र आनन्दित गराँउछ।

श्रीस्वस्थानी ब्रत कथामा कागेश्वर महादेवको आराधनाको महत्वको ब्याख्या गरिएको छ । शिवजीको अपमान सहन नसकि यज्ञकुण्डमा प्रबेश गरि प्राण त्याग गरेकी सतिदेविको मृत शरिर काँधमा बोकि अति शोकमा डुबेर यताउता भौतारिदै शरिरका बिभिन्न अङ्ग पतन हुने क्रममा यस स्थानमा आईपुग्दा मुटु पतन भएको किम्बदन्ती रहेको छ । यस स्थानमा सेनपिठ उमादेबि अष्टबक्रायोगिनी कागेश्वर महादेब उत्पत्ति भई शिवशत्ति स्वरुपले रहेको स्वस्थानी किताबमा लेखिएको छ। उक्त स्थानमा नवग्रह आएर अनेक तरहले पुजाआजा गर्दा महादेव प्रसन्न रहि बरदान माग्न आग्रह गर्दा नबग्रहले हामी मानवका जिवनमा आउने हर प्रकारका घटनाका उत्तरदायी बन्न सकौ र तिनका जिवनमा लाभ तथा हानी हाम्रो कारणलेनै होस भनि मागे र सो बरदान प्राप्त गरेकोले याँहाको महादेवको दर्शनले नवग्रह दशा शान्ति रहि शुभ फल मिल्ने मान्यता रहेको छ ।

धार्मिक मान्यता अनुसार कागले मानिसलाई छुदाँ अशुभ मानिन्छ  र यस्तो कागदोषबाट मुक्ति पाँउन बर्षदिनभर कागदोष लागेका मानिसहरु यहा आई स्नान गरेर कागेश्वर महादेवलाई जल चढाएर पुजाआजा गराई अनिष्टता निवारण गराँउदछन ।

गागल शिबपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित रहेको कागेश्वोरी महादेब मन्दिरमा प्रत्येक बर्ष झै भाद्र शुक्ल अष्ट्मीमा  हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण कागेश्वरी  मेला लागेको हुन्छ।

यो पवित्र ठाउमा श्रद्धालु भक्तजनको  पुजाआजाको लागि ठुलो भिड लाग्छ ,गोसाइँकुण्डमा मेला भरेका दर्शनार्थीले त्यहा बाट ल्याएको जल कागेश्वोरी महादेबलाई चढाएपछी मात्र गोसाइँकुण्ड यात्रामा जाने  र मनोकामना पूरा हुने बिश्वास रहि आएको छ ।

यस दिन बिहानै देखी तामाङ लामाहरुले ढ्याङ्रो बजाइ नाच्दै गाउदै पुजा गर्छन भने नेवार समुदायको लाखे नाच नाचेर पनि देख्न सकिन्थ्यो ।

कागेश्वोरीको बिकासका लागी विभिन्न पुर्वाधार निर्माण लगायत गुरुयोजना बनाइ काम भैरहेको र कागेश्वोरी क्षेत्रलाई धामको रुपमा बिकास गर्नको लागि विशेष अभियान संचालन गरिएको र कागेश्वोरी मन्दिर सम्म पुग्न जनताको पहल र सहभागिता मा लामो सिडि निर्माण गर्ने साथै केही बर्ष अघि बाट फागुन ७ गते कागेश्वोरी पर्यटन महोत्सव गर्न थालिएको काठमान्डौ -३ का सभासद रामेश्वर फुयालले बताएका छन ।

नेपाल सरकारबाट रु पाँच लाख सहयोग र सभासद फुयालको निर्वाचन क्षेत्र -३ बाट विकास कार्यक्रमको रु पाँच लाख तथा स्थानीय जनताबाट सङ्कलित कवाड सामानबाट ११५० किलोको दुई अष्टधातुको  ‘काग स्तम्भ’ बनाइँदैछ उक्त कागलाइ एउटा मन्दिर परिसरमा रहेको कुण्डमा र अर्को लोकतान्त्रिक शहीद उद्दानमा दशैँ अगाडी नै राखिने  सांसद फुयाँलले बताउनुभयो । सांसद फुयाँलले कागेश्वरी सहित पशुपतीनाथ, गोकर्णेश्वर उत्तरगया, जानकी मन्दिर लगायतका स्थललाई जोडेर पशुपति अन्तर्राष्ट्रिय परिपथ बनाइन अभियान नेपाल सरकारसँग माग गर्नुभएको छ यसले लाखौंको संख्यामा रोजगारीको पनि  सिर्जना हुने फुयालको विश्वास छ ।

 

 

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.