“श्रावण म र ऊनी “

Share

आहा !!! गोदावरीका हरेक फुल हामिसंग ईर्ष्या गरी हेरीरहेथे। तलाऊमा कमल फूलिरहेथ्यो । बनमारा पाखाभरि झूलिरहेथ्यो अनि खेतका गर्हामा धान लह-लह लहराईरहेथ्यो। सिमसिम पानीले हामीलाई थोरै भिजाइ चलिगयो तर त्यो चिसो भन्दा प्रेमको ताप’ ले हामिलाई साथ दिएथ्यो ।

हात समाई हामी गोदावरी घुम्न गएका थियौ । दिनभर रमाईलो घुमघाम भयो । बीचमा पानी-पूरी खायौ त्यो पैसा ऊनले तिरिन । अनि ३,४ बजे फेरी चटपटे, जूस खायौ त्यो पैसा नी मैले तिर्छु भन्दा भन्दै नी ऊनले जिद्दी गरेर तिरिन । ‘ नारीहठ, बालहठ र राजहठ ‘ यी तीन कुरा कहिले नी नबिर्सिनू किनकी यी सबै घातक हुन्छन यदि हामीले यसलाई बेवास्ता गरे । म पनि सहमत थिए यस भनाइमा ।

अब सूर्य ढल्यो । स्कूल गएका बिध्यार्थी Back To Home भए । काममा गएको कृष्ण भाऊजुको राज रहेको महलमा लूसुक्क मूसो झै पस्यो । बिर्खेले गोठका गाईबस्तु बाट पाथिका पाथी ‘ दुध ‘ दोहेर डेरी लग्यो । घोडा चढ़ी ट्राफिक हर्क मान चौधरी ‘ साप मकान फिरनुभयो । र लडाई मै रूमल्लिएको रणे’ सूर्यास्त संगै लड़ाईं थाती राखी क्याम्प फर्कियो । थाहा छैन रणे लाई ऊ कसको लागी लड़ीरहेछ ‘ देशको लगीकी स्वार्थी नेता को लागी ‘ । बिचरा ऊ, सुनौलि भन्सार नाका’ को त्यो नाकाबन्दी र भारतीयले नेपाली तराई भू-भाग हड़प्ने गरी सुरू गरेको ‘ M20 Operation ‘ को विरुध्द लडिरहेछ । यो असफल भए हामी सुरूँग युद्ध गर्छौ भन्दै भारतिय प्रधानमन्त्रीले चेतावनि दिएको सन्देश नी टेलीभिजन’ मा प्रसारित भयो ।

खै । मलाई यी कुराहरुको कुनै ख़्याल नै भएन । म रम्दै थिए अर्कै नगरमा  जहाँ मात्र प्रेम थियो ।

अन्तिम पल्ट छूटने बेला ऊनले भनिन । ” म तिम्रो नामको मेहँदी लाऊन चाहंछु । यी मेरा दुई हातभरी । मेरी साथीले भनेकी कहिले नजाने गरी मेहँदी लाइदिन्छे रे । र पैसा नी ५५०० लाग्छ रे । गरूँ ? ”

म, हुन्छ नी । लाऊ न पैसाको पिर नगर भन्दै ‘ पाँच हजार पाँच सय ‘ ऊनको हातमा प्रेमको नासो सोची राखी दिए । बिहान ऊनी मसंगै नयाँबसपार्क बाट बस चढेकी थिन तर म कलंकी मै झर्छु दाई लिन आऊनू  हुन्छ रे बोलेर अन्तिममा मुसूक्क हाँसी ओर्लेर बाटो लागिन, म चढ़ेको बस अलि तल रोकियो र यात्रुहरु चढ़ाऊन थाल्यो । म भने ऊनी कता जान्छिन आँखा तन्काएर  हेरी रहे बाटोमा एकजना R15 लिई बसेका थिए ऊनी पुगिन अंकमाल गरे र दुवै लागे मोटरसाइकलमा क्षितिज पारी तिर …

आज यो श्रावण फेरी आयो ऊनलाई देखें साथमा कोहि थिएन तर हातले समाएकी काखमा ऊनको काखे बालक थियो ….

लेखक :- प्रल्हाद दाहाल

शंखारापुर नपा-५, काठमाडौँ !

हाल :- युएई |

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.