कास्की आदर्श सेवा समाज युएइको सारजाह क्षेत्रिय भेला सम्पन्न।

Share

केदार कुँवर,यूएई ।

कास्की आदर्श सेवा समाज, युएर्इको साराजह क्षेत्रको क्षेत्रिय भेला सम्पन्न भएको छ ।

शुक्रवार १६ जुन २०१७ का दिन यूएईको सारजाह स्तिथ अल नाहदा टावर १ मा भएको उक्त भेलामा नेपाली समाज युएर्इका भुपु अध्यक्ष तथा वरिष्ठ समाजसेवी एवं कास्की आदर्श सेवा समाज युएर्इका संरक्षक श्री कृष्ण बहादुर ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने उक्त समारोहमा समाजका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र जि।शी, महासचिव केदार कुँवर, कोषाध्यक्ष पुष्पराज अधिकारी, केन्द्रिय सदस्य चन्द्रमोहन आचार्य, दुवइ क्षेत्रिय समितीका महासचिव शिवराज वस्ताकोटी, दुवइ क्षेत्रिय समितीका कोषाध्यक्ष विजय त्रिपाठी, लगायतका केन्द्रिय तथा क्षेत्रिय समितीका पदाधिकारीहरूको उपस्थिती रहनुका साथै अन्य आजिवन सदस्यहरू तथा साधारण सदस्यहरूको बाक्लो उपस्थिती रहेको थियो ।

नेपाली राष्ट्रिय गानका धुनका साथ बिधीबत रूपमा कार्यक्रमको उद्घाटन गरिए पछि आयोजकको तर्फबाट समाजका उपाध्यक्ष तथा उक्त सम्मेलनका संयोजक सुरेन्द्र जिशी ले स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएको थियो । समाजका अध्यक्ष श्री मनोजकुमार सैंजुको सभापतित्वमा सम्पन्न समारोहको कार्यक्रम संचालन महासचिव केदार कुँवरले गर्नु भएको थियो भने साथ समाजको स्थापना बारेमा प्रकाश पार्नु भएको थियो ।

उक्त समारोहमा कास्की आदर्श सेवा समाजका आजिवन सदस्य श्री रवि गुरूङको अध्यक्षतामा ११ सदस्यीय क्षेत्रिय समिती गठन गरिएको छ भने जसको उपाध्यक्षहरू श्री राजिव जोशी र श्रीमती निर्मला जिशी, महासचिव श्री विकास शाही, कोषाध्यक्ष श्री विनोद शाही, सचिव श्री बम बहादुर बोहोरा, सदस्यहरू श्रीमती सुहानी शाही, श्री कृष्ण पहारी, श्री प्रताप गुरूङ, श्री ध्रुब बहादुर शाही, श्री किरण बहादुर ढकाल रहनुभएको छ ।

प्रमुख अतिथी तथा संरक्षक ढकालले कास्की जिल्लाबाट कामको सिलसिलामा युएर्इमा छरिएर रहेका कस्केली हरूलार्इ एउटै छाता मुनि संगठित रहन अपरिहार्य रहेको हुनाले यस समाजको स्थापना गरिएको जनाउँदै समाजले छोटो अवधीमा कृयाशिल रहि आफुलार्इ एक स्थापीत सामाजिक संस्थाको रूपमा परिचीत बनाउन सफल रहेको कुराको व्यख्या गर्दै सामाजिक कृयाकलापलार्इ तिव्रता प्रदान गर्नको लागी आफु सदा सर्वदा तयार रहेको कुरा व्यक्त गर्दै समाजको स्थापनाका उदेश्यहरू तथा भावी कार्ययोजनाहरूको बारेमा प्रकास पार्दै योजनाहरू मनन गरि हातेमालो गरि अगाडी बढ्न सुझाब दिदै, उपस्थीत कस्केली हरूमाझ संस्थाको महत्व र आवश्यकता बारेमा प्रष्ट पार्नु भएको थियो भने समाजले युएईमा कार्यरत रहेका कस्केली प्रति कस्तो भूमिका खेल्नु पर्छ, क्षेत्रिय समितिहरुको औचित्य, आबस्यकता र काम कर्तब्यहरुका बारेमा प्रकाश पार्नु भयको थियो ।

समारोहको अन्त्यमा कार्यक्रमका सभापति तथा केन्द्रिय अध्यक्ष श्री मनोजकुमार सैंजुले आफ्नो व्यस्तताको बाबजुद पनि समाजमा तल्लीन रहि साथ दिएकोमा कार्य समितीका पदाधिकारी तथा सदस्यहरूलार्इ धन्यवाद ज्ञापन गर्दै उपस्थीत कस्केलीहरूलार्इ संस्थामा समाहित हुन आग्रह हुन अपिल गर्दै नव गठित क्षेत्रिय समितीका पदाधिकारीहरूलार्इ सपथ गराउँदै कार्यसफलताको लागी अग्रिम शुभकामना व्यक्त गर्दै उक्त कार्यक्रम सफल तुल्याउनका लागि योगदान दिनुहुने समस्त महानुभावहरू तथा उपस्थित सबैलार्इ हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दै कार्यक्रम समाप्त भएको घोषणा गर्नुभएको थियो । स्मरण रहोस् उक्त समाजको क्षेत्रिय समिती विस्तारका लागी आगामी जुलाइ १४ शुक्रबार २०१७ का दिन अबुधाबी क्षेत्रिय भेलाको तयारीमा केन्द्रिय समितीले गृहकार्य सुरू गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.