युएईको लागि प्रस्तावित राजदुत आशा लामा को हुनl

Share
सुर्य चन्द, काठमाडौँ :
दशकौ बर्ष देखि समाजसेवा गर्दै खाडी मुलुकका कामदार तथा श्रमिकहरुकोपक्षमा वकालत गर्दै उनीहरुको पक्षमा लडाई लड्दै आएकी बरिष्ट समाजसेवी आशालामा युएईको राजदुतको सिफारिस लगत्तै युएईका श्रमिकहरुले खुसियाली मनाएकाखबर आएको छ l
२०१० सम्म म्यानपावर ब्यबसायमा संलग्न भई बिसेष गरि खाडीमुलुकमा काम गर्ने कामदारहरुको स्थिति, कामदारहरुको समस्या र समाधान तथाउनिहरुले भोग्नु परेको दुख र पिडाहरुको  बारेमा जानकार तथा बिज्ञको रुपमाचिरपरिचित आशा लामाले २०११ देखि आशा फाउन्डेसन नामक सस्था खोलि खाडीमुलुक गएका नेपालीहरुको पक्षमा काम गर्दै आएकी छिन l सयौ महिला तथापुरुषहरुलाई खाडी मुलुकहरु बाट उद्दार गरिसकेकी समाजसेवी आशा लामालेउनीहरुलाई उद्दार मात्र गर्ने होईन उनीहरुको लागि कानुनि प्रक्रियामा समेत सघाउदैक्षति पुर्ति दिलाउने समेत काम गरेकी छिन l समाजसेवा मार्फतनै विभिन्न राष्ट्रियअन्तराष्ट्रिय अवार्ड समेत हात पारेकी लामा कुटनीतिक रुपमा पनि एक सबलमहिलाको रुपमा परिचित छिन l
 नेपाली कांग्रेशको कोटा बाट राजनैतिक सिफारिसमा परेकी आशा लामा इलामजिल्लाकि हुन l सानै देखि राजनीतिक पृष्ठ भुमिमा हुर्केकी आशा लामाका बाबानेपाली कांग्रेशका चिर परिचित नेता तथा कार्यकर्ताको रुपमा चिनिन्थे l जब नेपालमाप्रजातन्त्रको लागि लडाई सुरु भयो त्यतिनै बेला देखि महानायक बिपी कोईरालाकोसामिप्यमा बसेर ईन्डिया बाट नेपाली कांग्रेसको लागि काम गर्दै आएका थिए l
 समाजसेवी आशा लामा युएईको लागि राजदुत सिफारिस भए लगत्तै कति म्यानपावरब्यबसायीहरुले खुसियाली मनाएका छन भने कतिले बिरोध समेत गर्दै आएका छन l निडर तथा हट्टि स्वभाबकि आशा लामा बोलीमा भन्दा पनि बेसी कामलाई विश्वासगर्ने आफुले सुरु गरेको कामलाइ सधै प्रतिफल दिएर दिन दुखि पिडित श्रमिककामदारहरुको पक्षमा बोल्दै र सम्बन्धित निकायमा समेत गलत काम कारबाहीकोबिरुद्द ससक्त रुपमा आवाज उठाउदै आएकी एक पिडितहरुको अबिभाबकको रुपमापरिचित छिन l श्रोतका अनुसार उनि राजदुत भएर युएइ आउने खबरले सम्पूर्ण नेपालीसमुदायहरुले हर्सौल्लास गर्दै खुसियाली मनाएका छन l उनीहरु भन्छन सधैकामदारको पक्षमा वकालत गर्दै उनीहरुको उद्दारमा अहोरात्र खटिदै आएकी आशालामा राजदुतमा नियुक्त भए लगत्तै धेरै भन्दा धेरै सकारात्मक काम नेपालसरकारको हितमा काम हुनेमा बिस्वाशरत पनि छन l
कुशल कार्यक्षमता भएकी आशा लामा समाजसेवामा मात्र नभएर प्रशासनिक, कुटनैतिक हिसाबले पनि अब्बल रुपमा परिचित छिन l

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.