मलेसिया,
युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले नेपाली युवाहरुलाई नेपाल मै रोजगारीको अवसर सृजना गर्न युवा संघ नेपालले आवश्यक पहलकदमी गरिरहेको बताउनु भएको छ।
युवाहरुको प्रमुख श्रम गन्तव्य मुलुकमा पर्ने मलेसिया र सिगापुरका विभिन्न नेपाली युवाहरुले काम गर्ने कारखानाहरुको भ्रमण गर्दै युवाहरुले भोग्नु परेका समस्याहरुको जानकारी लिने क्रममा मलेसिया र सिगापुरमा प्रवासी नेपाली मन्च द्वारा आयोजित कार्यक्रममा अध्यक्ष पहारीले नेपालमा रहेको राजनितिक अस्थिरतालाई अन्त्य गर्न चुनावी माहोल सृजना गर्ने र नेकपा एमालेको बहुमतको सरकार निर्माणसगै देशलाई तिब्र आर्थिक बिकासमा लैजानको लागि सबैले आ-आफ्नो ठाउँबाट भुमिका खेल्न आव्हान गर्नुभयो।
मलेसिया र सिगापुरले गरेका तिब्र बिकासका मोडलहरुको उदाहरण दिदै उहाँले बिस्व तिब्र बिकासमा लम्केको र नेपाललाई बिकास हुनबाट रोक्ने लोकमान पथमा हिड्नेहरु छिट्टै समाप्त हुने र युवा नेतृत्वमा देश बिकासको नयाँ चरणमा प्रवेश गर्ने उहाँले बताउनु भयो।
एक साता लामो भ्रमण पछि युवा अध्यक्ष पहारी भोलि नै नेपाल फर्किनुहुने बताईएको छ।