ज्येष्ठ नागरिकहरु केपी ओलीलाई आशीर्वाद दिदै

Share

काठमाडौं,

केपी ओली नेतृत्वको सरकारले घोषणा गरेको बजेटले आफूहरूलाई भत्ता बढाएको भन्दै आन्दोलनरत ज्येष्ठ नागरिकहरूले प्रधानमन्त्री ओलीलाई आशीर्वाद दिएका छन् ।

बजेट घोषणाको  लगतै  ज्येष्ठ नागरिकहरूले गरेको विजय जुलुसमा वृद्धवृद्धाहरूले अहिलेको सरकारको ‘जय जयकार’ गरेका थिए । ‘केपी ओली जिन्दाबाद’ को नारा लगाएर काठमाडौँका विभिन्न स्थान परिक्रमा गर्दै आन्दोलनकारी ज्येष्ठ नागरिकमध्येकी केहि  भन्दै थिए  ‘मनमोहनको पालादेखि शुरु भएको भत्ता ओलीको पालामा दुई हजार पुग्यो, ओलीलाई हाम्रो आशीर्वाद छ ।’

सुरक्षा भत्ताको घोषणा गर्ने अर्थमन्त्रीका बारेमा आन्दोलनरत ज्येष्ठ नागरिकहरूलाई मतलब थिएन, उनीहरूलाई केवल थाहा थियो प्रधानमन्त्रीको नाम । ‘ओलीले दिएको पैसाले फलफूल खान्छु, तीर्थ जान्छु,’ इलामकी ७७ वर्षीया धनकुमारी कुँवरले भन्नु भयो, ‘हामी जस्ता निमुखाको लागि सरकारले दिएको भत्ताले धेरै काम दिन्छ ।’ आन्दोलनको शुरुवाती दिनमा सरकारले चासो नदिएकोले सरकारलाई आफूहरुले गाली पनि गरेको बताए।

‘हाम्रा मागलाई बेवास्ता गरेकाले हामीले सरकारलाई गाली पनि ग-यौँ तर हिजोबाट ती सबै गालीलाई हामीले आशीर्वादमा बदलेका छौँ,’ जुलुसमा सहभागी भएका जेष्ठ नागरिक अभियन्ताहरूले बताए ।

 

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.