अब त संबिधान आउछ कि देशमा,
गाउँ शहरमा शान्ति छाउछ कि देशमा ।।
पर्दैनकी विदेश धाईरहन युवाहरु?
बेरोजगारले रोजगार पाउछ कि देशमा ।।
घुम्ने मेच माथि अन्धो नबनेमा सरकार
देशद्रोहीलाई नि कानुन लाउछ की देशमा ।।
पैसा पावर हुनेहरु डिस्को बार गई रहदा,
मजदुरले नि खुसीका गित गाउछ की देशमा ।।
निर्भिक नारायण भुर्तेल युएई ,