रक्षाबन्दन,जनैपूणिर्मा ,बनि सक्यो राखी ।
सबै पर्व दक्षिण सर्यो,केहि रहेन बाकी ।।
दिपावली दिवालि भो- दशै दसहरा ।
नेता पनी उतैका छ्न हरे कठैबरा।।
देशका उता पुग्छ्न सिमा यता सर्छ ।
मेरो देश को झन्डा कुन हो? सोचमा डुब्नु पर्छ ।।
फागु खेल्ने फागु पर्व बनी सक्यो होलि ।
मदेश प्रदेश मध्य प्रदेश बन्ने हो कि भोलि ? ।।
भाषा चल्छ ,पैसा चल्छ, चल्छ घरमा टि.भि. ।
श्रीमती पनि लाग्न थालिन बिबि ।।
जमिन उतै नेता उतै ,उतै हिड्यो पर्व ।
नेपाली भै अझै पनी राछौ गर्व ।।