एनआरएनए आइसीसी अध्यक्षमा रतन झाको उम्मेद्वारी

Share

ratan jha

राजधानी दैनिकबाट 

काठमाडौं, साउन २६ – गैरआवासीय नेपाली संघ एनआरएनएको सातौं महाधिवेशनका लागि रतन झाले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएका पूर्वमहासचिव तथा वर्तमान सल्लाहकार झाले अमेरिकाको वासिङटन डीसीमा आयोजित गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको एक औपचारिक कार्यक्रममा उम्मेदवारी घोषणा गरेका हुन् । नयाँ नेतृत्वका लागि अक्टोबर १४ देखि १७ सम्म एनआरएनएको सातौं महाधिवेशन र विश्व सम्मेलन नेपालमा हुँदै छ ।

झाको उम्मेदवारी घोषणामा एनआरएनएका पदाधिकारी, सल्लाहकार एवं अन्य गैरआवासीय नेपाली प्रतिनिधिले ऐक्यबद्धता जनाएका थिए । साथमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीलगायत अमेरिकाका विभिन्न राज्यमा रहेका गैरआवासीय नेपाली प्रतिनिधि पनि झाको उम्मेदवारी घोषणामा उपस्थित थिए ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै झाले नेपालीका लागि नेपाली भन्ने मूल मन्त्रका साथ अगाडि बढेको गैरआवासीय नेपाली अभियानले बोकेका निर्दिष्ट उद्देश्यहरूलाई मूर्त रूप दिन एनआरएन साथीहरूको समर्थन र सहयोगको अपेक्षासहित सातौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

अभियान स्थापना गर्दाखेरीका अहोरात्र खट्ने अनगिन्ती अग्रज साथीहरूलाई मूल प्रवाहमा जोड्ने उद्देश्य रहने झाले बताए ।

मातृभूमि नेपाल र सम्पूर्ण गैरआवासीय नेपालीहरूबाट संस्थाप्रति उच्च आत्मविश्वास, भरोसा, आशा र अपेक्षा प्रकट भइरहेको परिप्रेक्ष्यमा क्षमता र अतुलनीय सम्भाव्यतालाई अझ समुचित व्यवस्थापन तथा परिचालन गर्दै सम्पूर्ण गैरआवासीय नेपालीहरूको हित तथा देशको दिगो विकासमा समर्पित हुनुपर्ने दायित्व आएको बेलामा आफ्नो उम्मेदवारीलाई उनले चुनौतीको रूपमा स्विकारेको बताए ।

झाले संस्थाको परिचय, समस्या पहिचान र सञ्जालको निर्माणमा समर्पित भएका विगतका १२ वर्षबाट पाठ सिक्दै र अहिलेसम्म भएका प्रगतिलाई सँगाल्दै अबको समय संघको संस्थागत विकाससँगै गुणात्मक उपलब्धि हासिल गर्ने समयको रूपमा उपयोग गर्नुपर्ने बताए । वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन सरकारले ल्याएको ‘फ्री भिसा’ नीति निकै नै स्वागत योग्य रहेको जनाउँदै झाले वैदेशिक रोजगारमा चलिआएका विसंगतिहरूलाई केही हदसम्म नियन्त्रण गर्न यो व्यवस्थाले विशेष भूमिका खेल्ने बताए ।

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.