फिष्टेल कन्सर्टलाई संगीतमय बनाउन सुगम पोखरेल दुबईमा

Share

 

अनिता न्यौपाने, दुबई, जुलाई ३०–नेपाली सुगम संगीतका सदाबहार हस्ती सुगम पोखरेल आगामी ३१ जुलाई शुक्रबार आयोजना हुने फिस्टेल कन्सर्टको सफलताका लागि बुधबार राति दुबई ओर्लिसकेका छन् । उनका साथमा रहेकी नवमोडल आस्मा पाण्डे पनि दुबई आएकी छिन् । यसअघि नायिका सुष्मा कार्की, उद्घोषक सुशील नेपाल दुबई आइसकेका छन् ।
उनीहरुले तातिदै गएको दुबईको मौसमलाई गीतसंगीत र नृत्य गरी दुबईका नेपालीहरुलाई झनै तताउने बताएका छन् । त्यसै पनि तातो छ दुबईको मौसम । जुन, जुलाई र अगस्ट महिनामा त ५० डिग्रीसम्म तातिन्छ दुबई । यो बाफिलो मौसमलाई झनै तताउने योजनाका साथ नेपाली सिने, गायन, उद्घोषण र व्यंग्य क्षेत्रका केही कलाकारहरु धमाधम दुबई आउन थालेका छन् ।
सुष्माले हट नृत्य पस्केर दुबईको मौसम तताउने बताएकी छिन् । सुष्माको उध्रेको चोली हेर्न भने सीमित दर्शकहरुले मात्र पाउनेछन् । देरा दुबइको एसियाना फाइभ स्टार होटलको नाइट क्लबको भिआईपी तथा अत्याधुकि लाइटिङ सिस्टम रहेको मञ्चमा कार्यक्रम हुने भएका कारण सीमित दर्शकहरु रहने आयोजक बिक्रान्त कार्कीले बताएका छन् ।
   डान्सर तथा मोडल आस्मा पाण्डे पोखरामा आयोजित गोल्डेन डान्स आइडलमा फस्ट रनर अप भइसकेकी कलाकार हुन् । पाण्डेले कार्यक्रममा अत्याधुनिक रोचक डान्स गर्ने आयोजकले बताएका छन् ।
31 जुलाई, बिहीबार हास्यकलाकार निरु खड्का ‘निर्मली’ दुबई आउँदै छिन् भने नायक विष्णु कार्की सोही दिन कतारबाट यूएई भित्रिदै छन् ।
आगामी शुक्रबार साँझ दुबईको देरास्थित एसियाना होटलको नाइट क्लबमा आयोजना भइरहेको कन्सर्टमा नेपाली कला, संगीत, व्यंग्य, मोडलिङ क्षेत्रका कलाकारहरुको जम्बो टोलीको साथमा यूएईमै रहेका र्यापर्सहरुको दमदार प्रस्तुति रहने र्यापर हाउडे र सुबकीले बताए ।
sugam pokharel in dubai

प्रतिकृया दिनुहोस्

(अनिवार्य)

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.