उजेलिको आश थियो अधेँरी पो भो यो जीवन
हरियालिको आश थियो खडेरी पो भो यो जीवन
पाईला-पाईला अघि बढ्दै संघर्षमा रमाइरहे
खुसियालिको आश थियो उदासी पो भो यो जीवन
बैगुनिलाई गुनले मार्नु भन्ने गर्थे बुढा -पाका
आज्ञाकारिको आश थियो बदमासी पो भो यो जीवन
अहँकारले सिमा नाङ्दा आफ्नै गला रेट्न पुगेँ
इमान्दारिको आश थियो हरामी पो भो यो जीवन
जती भलाई गरे पनि काटी ठुटो आगो बाले
ज्वलन्तकारिको आश थियो खरानी पो भो यो जीवन
-सन्देश अधिकारी (चितवन)