पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन दिनहु जस्तो नया मोडेल र कलाकारहरु जन्मिरहेका छन । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा जम्ने सिमित हुन्छन त्यसमा एक प्रतिनिधि बनेकी छिन आशिकी पाण्डे ।
गुल्मीमा जन्मिएकी आशिकी अहिले युएईमामा रोजगारी साथसाथमा मोडलिंगमा ब्यस्त छीन । तिन बर्ष देखि युएइमा रहेकी पाण्डे अहिले मोडलिङ क्षेत्रमा भिजेकी छीन । आशिकी उत्साहित हुदै भनिन एक्टिङहरु राम्रो गर्नु पर्छ,मेहनत अनि निरन्तरता दिनु पर्छ सिक्दैछु आसा छ भोली मोडेल आशिकी पाण्डे भनेर चिनिने छु ।
आशिकी अहिले निकै लागीपरेकी छिन मोडलिङमा आधादर्जन लोक तथा आधुनिक गितहरुको म्युजिक भिडियोहरुमा अभिनय गरीसकेकि आशिकीले २ बर्ष अगाडी हेमन्त शिशीरको “ म ता तिम्रा लागि जन्मे” म्युजिक भिडियो बाट आफ्नु सुसुप्त मोडलिङको रहरलाई उजागरण गरेकी हुन । सानै उमेरदेखि सांगीतिक क्षेत्रमा एउटा छुट्टै नाम कमाउन चाहन्थे आशिकी अगाडी भन्दै गईन घरपरिवारमा कोहि कलाकारितामा नभएकाले मनको चाहना कसैलाई भन्न नै सकिन चाहना युएई आए पछी मात्र पुरा भयो । पहिलो म्युजिक भिडियोमा मोडलिङ गर्दा परिवारलाइ थाहा नदिकन गरेको बताउदै आशिकिले काम देखे पछी परिवारले दिएको हौसलाले नै यस क्षेत्रमा निरन्तरता दिन सकेको बताउछिन । अब मेरो रहरलाइ कसै संग सम्झौता नगरी अगाडी बढाउछु ।
आशिकिको पहिलो म्युजिक भिडियो बजारमा आयो उनले गरेको कामको चर्चा बढ्दै गयो त्यस पछी उनले पछाडी पर्खनु परेको छैन । लगतै कलाकार कमल किरणको “यो मनअले तिमीलाई रोजेछ ” म्युजिक भिडियो देखिन त्यस पछी उनको युएईमा मोडलिङमा सम्भावना बोकेकी कलाकारमा हेर्न थालियो । चर्चित लोकगायक मिलन लामाको“ बाउलाई पैसा चाहियो ” मनिसा राईको “ कसैलाई हसाउने कसैलाई रुहाउने ” लागायतका गीतमा आफ्नु कुसल प्रतिभा प्रस्फुटन गराई सकेकी छिन । रहररहरको मोडलिङ बिस्तारै परिचय बनायो युएईकि मोडल आशिकी पाण्डे । बोलिरहन चाहने चुलबुले आशिकी संग अहिले पनि दुई तिन वटा गित तयारी छन । मुस्कुराउँदै उनि भन्दै थिन अब म जुन पायो त्यो , जसले बोलायो त्यस्को म्युजिक भिडियोमा खेल्न जान्न । आफै लगानी लगाउने आफै मोडल बन्ने परिपाटि आशिकिलाई पनि मन परेको रहेनछ । प्रतिभा नभएका तर सोखिन मान्छेले गर्दा प्रवास बाट बन्ने म्युजिक भिडियोको स्थारियता माथि उठन नै सकेन ।
कलाकार गरिमा पन्त आर्यन सिक्देल बाट प्रभावित आशिकी चलचित्रबाट अफर आएको खण्डमा पनि गर्न तयार रहेको बताउँछिन् । कथाले माग्यो भन्दैमा समाजले नपचाउने खालको दृष्य दिने नसक्ने आशिकीको भनाई छ । समाजले पचाउनेसम्म मोडलिङ क्षेत्रमा खुल्ने उनको सोचाई छ । आशिकिका अनुसार सेक्स दुई आत्माको मिलन हो । सेक्सलाई सामान्य रुपमा लिन नहुने उनको तर्क छ । उनले भनिन्न ‘अहिले म सिंगल नै छु । मोडलिङमा छुटै नाम बनाएर मात्र बिवाह गर्ने बताउदै उनले भनिन भेट्नेले प्रेम प्रस्ताब राख्छन तर म अहिले प्रेम चक्करमा पर्न चाहन्न । पहिला आफ्नु क्षेत्रमा केहि स्थापित हुने , परिवारको आफ्नु कर्तव्य निर्वाहा गर्ने अनि मात्र बिवाहको बारेमा सोच्छु । आशिकिलाई आफ्ना भावना बुझ्ने र अरुलाई सम्मान गर्ने व्यक्ति मन पर्छ ।
ailay ko samaya anusr chalna saaknay model hot sexcy cute sab chha antyasta ma bhanu parda superb…………………..
You should reduce your stomach
okay
Welcome sister!