आज यूएई समय अनुसार राति ११ बजे आर्मी अफिसर क्लब आबुधाबीमा नेपाली टिमको दोश्रो खेल हुदै
नवराज बस्नेत,आबुधाबी, जुन २४ – यूएईको अबुधाबीस्थित आर्मी अफिसर क्लबको आयोजनामा २३ जुनबाट सुरु भएको भलिबल खेलमा नेपाली टिमको सहभागिता रहेको छ ।
यूएईमा नेपालीको कुनै क्लब तथा संघ-सस्था बिधिवत रुपमा दर्ता नभएको हुँदा नेपाली खेलाडीहरु यूएईको मरिना क्लबमा आबद्ध भएर खेल्दै छन् । उक्त खेलमा १२ जना नेपाली खेलाडीले नाम दर्ता गरेका छन् ।
पुर्व भलिबल खेलाडी दान बहादुर जी.सी. प्रशिक्षक रहेको टिममा नेपाल प्रहरीका पुर्व खेलाडी प्रेम भण्डारीले कप्तानी सम्हालेका छन् । झोम थापा, ईश्वर धमाल, प्रेम शाही, प्रताब खवास, ज्ञान मल्ल, सन्तोष गुरुङ, बम थापा, थमन शर्मा, राजु हमाल, अमर राज गीरी र नरेश चन्द को टिम रहेको छ ।
सात टिमको सहभागीता रहेको उक्त प्रतिस्पर्धामा दुइ ग्रुप बनाईएको छ । नेपाली टोलि ग्रुप “बी” मा परेको छ । ग्रुप “ए” मा ४ टिम र ग्रुप “बी” मा ३ टिम रहेका छन् । मंगलवार भएको खेलमा नेपाली टिमले प्यालेस्टाइन टिमलाई सोझो सेटमा २६-२४ र २५-२० ले हराएका थिए ।
आज यूएई समय अनुसार रातिको ११ बजे सोहि स्थानमा नेपाली टिमको दोश्रो खेल हुदैछ । यदि आज हुने खेल जितेको खण्डमा नेपाली समुह बिजेताको रुप्मा सेमीफाइनलको लागी चुनिने छ । उक्त खेलको प्रथम हुने टिमले एक लाख ५० हजार दिर्हाम , द्वितीयले एक लाख र तृतीय हुने टिमले ४० हजार युएई दिर्हाम पाउने छन् ।
प्रवेश नि:शुल्क रहेको हुँदा युएईमा रहेका खेलप्रेमी नेपालीहरु सहज रुपमा सहभागी हुन सक्नेछन् । नेपालीको उपस्थितिले नेपाली खेलाडीलाई हौसला प्रदान गर्नेछ ।
Where going on at al maqta hall or outside?